Comments Add Comment

नयाँ वर्षमा डेनमार्कको ओडेन्सेमा साँस्कृतिक साँझ

१५ अप्रील, कोपनहेगन । डेनमार्कको साउदन क्षेत्रमा रहेका नेपालीहरुले भब्य साँस्कृतिक कार्यक्रम गरी नयाँ वर्ष २०७५ लाई स्वागत गरेका छन् ।

नेपाली तथा नेपाली भाषी भूटानीको साझा सँस्था नेपाली समाज साउदनको आयोजनामा अप्रील १४ को साझमा ओडेन्सेमा नयाँ वर्ष साँस्कृतिक साझ भब्य रुपमा सम्पन्न भएको हो ।

नेपाली गीतसंगीतमा नेपाली साँस्कृतिक भेषभुषामा सजिएका कलाकारले नाच तथा गीत पस्केर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।

डेनमार्कको राजधानी कोपनहेगन भन्दा बाहिर साउदन भेगमा रहेका नेपालीले पहिलो पल्ट यति ठूलो कार्यक्रम गरेका हुन । सयौ नेपालीको सहभागिता थियो ।

नेपाली समाज साउदनका अध्यक्ष डा। भानु पोख्रेलले कोपनहेगन बाहिर रहेका नेपालीलाई एकजुट गराउन तथा नेपाली नयाँ वर्षलाई स्वागत गर्न भनेर साँस्कृतिक कार्यक्रम गरिएको बताए ।

‘साउदनमा छरिएका हामी नेपाली जुटौ भनेर कार्यक्रम गरिएको हो’ उनले भने, ‘नेपाली नयाँ वर्षलाई भब्य रुपमा स्वागत गर्न पनि यो मेसो मिलाएका हौ ।’

नेपाली नयाँ वर्षकोको अबसरमा भएको सास्कृतिक कार्यक्रम अबलोकन गर्न र नेपालीलाई हौसला प्रदान गर्न भनेर डेनमार्कका लागि नेपाली राजदुत युबनाथ लम्साल पनि पुगेका थिए ।

लम्सालले जहा रहे पनि नेपाली कला सस्कृति तथा रितिरिवाज भुल्न नहुनेमा जोड दिए ।

कार्यक्रममा नेपाली राजदूतावासका डोरनाथ अर्याल, गैरआवासीय नेपाली सङ्घ डेनमार्कका अध्यक्ष यमलाल सुबेदी, प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष शिव चापागाई, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्रसिङ कार्की, नेपाली जनप्रगतिशील मन्च डेनमार्कका उपाध्यक्ष महेन्द्र खड्का, तेजेन्द्र क्षत्री लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा इनास डेनमार्क र एसोसिएसन अफ भुटनिज कम्युनिटीका कलाकारले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment