Comments Add Comment

अनमोलको ‘क्याप्टेन’ की दोस्रो हिरोइनमा प्रियंका फाइनल


नायक अनमोल केसी नयाँ चलचित्रको तयारीमा लागिरहेका छन् । नयाँ चलचित्र ‘क्याप्टेन’का लागि अहिले अनमोल केसी फुटबल सिकिरहेका छन् । बिहान नृत्य, दिउँसो फुटबलको स्किल र बेलुकी फुटबल खेल्दै बितिरहेको छ अनमोलको दैनिकी ।

‘कृ’ले अपेक्षाकृत सफलता नपाएका कारण अनमोल यो प्रोजेक्टमा निकै गम्भिर देखिन्छन् । बाबु भूवन केसीको लगानीमा बन्न लागेकाले पनि चलचित्रप्रति उनको अत्यधिक लगाव छ । यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् ।

यो चलचित्रको कथाले २ नायिका माग्छ । यसैले, पनि यसको निर्माण टिमले लामो समयदेखि नायिका खोजिरहेको थियो । चलचित्रको लिड हिरोइनमा उपासना सिंह ठकुरी फाइनल भैसकेकी छिन् । उपासन स्नातक पढ्दै गरेकी यूवती हुन् ।

उपासनालाई फाइनल गरेको केही समयपछि यो चलचित्रको निर्माण टिमले अर्की नायिका पनि फाइनल गरेको छ । अनलाइनखबरलाई प्राप्त खबरअनुसार चलचित्रका लागि प्रियंका एमवी चेरीलाई फाइनल गरिएको हो । उनी पनि फ्रेस अनुहार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment