Comments Add Comment

पूजाको गुनासो- पलले मत्तलबै गरेनन्


‘म यस्तो गीत गाउँछु’ मा निकै रुचाइयो पल शाह र पुजा शर्माको जोडी । उनीहरुको केमेस्ट्रीको चर्चा व्यापक भयो । तर, सो फिल्मपछि यो जोडी फेरि दोहोरिएको छैन ।

यतिबेला पुजा चलचित्र ‘रामकहानी’ निर्माणमा व्यस्त छिन् । यो चलचित्रमा उनले आकाश श्रेष्ठसँग आफ्नो जोडी बाँधेकी छिन् । आकाश सम्भावना बोकेका नायक हुन्, त्यसैले उनको छनोटमा प्रश्न उठाउन मिल्दैन ।

तर, पुजाले यो फिल्मका लागि पललाई किन आफ्नो च्वाइसमा राखिनन् भन्ने प्रश्न उठ्छ । यसबारे उनले मुख खोलेकी छिन् । पुजाले सो फिल्मका लागि पललाई सम्झेकी रहिछन् ।

उनी भन्छिन्, ‘सुदर्शनजीले पललाई फोन गर्नुभयो, तर उनले फोनै उठाएनन् । पछि, मैले फोन गर्दा सुदर्शन दाइसँग पैसाको बिषयमा कुरा नमिलेको बताए । पछि मतलबै गरेनन् ।’

पूजाले आफ्नो टिमले पलसँग ३ वटा चलचित्रमा काम गर्ने तयारी पनि गरेको तर पलले नै रेस्पोन्स नगरेपछि काम गर्न नसकिएको दाबी गरेकी छिन् । यस्तै, उनले एउटा मेकरले कथाको माग अनुसार कलाकार लिन सक्नेसमेत बताइन् ।

पुजाको अर्का नायक प्रदिप खड्कासँगको सम्वन्ध पनि गसिपको विषय बन्दै आएको छ । ‘प्रेमगीत’ को यो हिट जोडी पनि फेरि दोहोरिएको छैन । प्रेमगीतपछि उनीहरुबीच मनमुटाव भएर बोलचालै बन्द भएको समेत खबर फैलिएकोउ थियो ।

तर, पुजा प्रदिपसँग आफ्नो सम्बन्ध कहिले पनि नबिगि्रएको दावी गर्छिन् । उनले प्रदिप र आफू मुसा-बिरालो जस्तो भएको समेत बताइन् । आफूसँग काम गरेका हिरोहरुले आफूलाई यूज गरेको महशुश हुन थालेको समेत पूजाको गुनासो छ ।

पुजालाई लाग्ने गरेको अर्को आरोप हो, चलचित्र क्षेत्रमा क्याम्प खडा गरेको । तर, पूजा आफूहरु मेकर भएको भन्दै कुनै क्याम्प खडा नगरेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment