Comments Add Comment

विश्लेषक भन्छन्ः नेप्सेमा उल्टो ‘हेड एण्ड सोल्जर’ प्रभाव


५ वैशाख, काठमाडौं । नेप्से १३१५ को ब्रेक इभन विन्दुसम्म पुग्ने विश्वासमा रहेका लगानीकर्ताहरु बजार त्यसभन्दा पनि माथि पुगेपछि हर्षित भएका छन् ।

प्राविधिक विश्लेषकहरुका अनुसार नेप्सेले ‘इन्भर्टेड हेड एण्ड सोल्जर’ आकृति परा गरेको छ । यो आकृती टाउको र कुम उल्टो भएको जस्तो देखिन्छ । यो आकृतीको सुरु विन्दु कटेमा केही समय थप बजार बढ्ने विश्वास गरिन्छ ।

१३१५ बाट यो आकृती बन्न सुरु भएको थियो । यही बिन्दुलाई ब्रोक इभन प्वाइन्ट मानिन्छ । यो विन्दु कटेमा बजार केही समय बढ्ने अनुमान गरिन्छ । यही आशमा बुधवार कारोबार रकम पनि एक अर्ब १२ करोड रुपैयाँ नाघेको छ ।

बजारमा अहिले देखिनै सूचीकृत कम्पनीहरुको नाफाको प्रक्षेपण शुरु भइरहेको छ । तेस्रो त्रैमाश सकिएकोले यो अवधिको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम सुरु भइसकेको छ । मुक्तिनाथ विकास बैंक र तिनाउ विकास बैंकको वित्तीय विवरण प्रकाशित भइसकेको छ ।

मुक्तिनाथको नाफा २० प्रतिशतले बढेको छ भने तिनाउको करिब ३१ प्रतिशतले घटेको छ । दुवै संस्थाको सेयर मूल्य भने बढेको छ ।
केही वाणिज्य बैंकको नाफा बारे बजारमा हल्ला सुनिन थालिसकेको छ । ग्लोबल आइएमइ, एनएमबी, सिटिजन्स, सानिमा, सिद्धार्थ, नेपाल बैंक, सिभिल बैंक र जनता बैंकको नाफा बजारमा अनौपचारिक रुपमा सार्वजनिक भएको छ । केही संस्थाको अहिलेको मूल्य कम भएकोले नाफाको आधारमा लगानी बढाउन सकिने अवस्था रहेको भन्दै लगानीकर्ताहरु आकर्षित भएका छन् ।

बजारमा कम मूलयमा कारोबार हुन थालेका जलविद्युत कम्पनीको सेयर मूल्य बढेकोले यो समूहको परिसूचक करिब सात प्रतिशतसम्म वृद्धि भएको छ ।

बैंकिङ विकास बैंक समूहको परिसूचकमा अन्यकोभन्दा उच्च वृद्धि भएको छ । मंगलवार उच्च वृद्धि देखिएका लघुवित्त र बीमा समूहको वृद्धिदर केही सुस्तिएको हो । नेप्से परिसूचक १३६३ विन्दुमा छ ।

कारोबारमा आएका सबै समूहको परिसूचकमा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment