Comments Add Comment

नेटवर्किङ व्यवसायबाट ठगी आरोपमा आईबोसका सञ्चालकसहित ७ जना पक्राउ  

फाइल तस्वीर

५ बैशाख, काठमाडौं । नेटवर्क मार्केटिङबाट ठगीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईबोस ग्लोबल मार्केटिङ कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने सञ्चालक राजकुमार दंगालसहित ७ जनालाई पक्राउ गरेको हो ।

काभ्रे पाँचखालका दगालसहित दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठ र सोलुखुम्बुका प्रदीप राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले पक्राउ गरेको हो ।

यिनीहरुले सदस्यताबापत मोटो रकम लिइ नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुको ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका ७ जनामध्ये सबैभन्दा धेरै दोलखाका नारायण शिवाकोटीले ५ हजार ८ सय ८९ जना सदस्य बनाएका थिए ।

सीआईबीले मंगलबार चुच्चेपाटीस्थित आईबोस ग्लोबल मार्केटिङको केन्द्रीय कार्यालयमा छापा मारी ६६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये छानबिनपछि ७ जनालाई ठगी अभियोगमा अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment