Comments Add Comment

वीरगञ्जको ‘हङकङ बजार’ सारिदै

५ बैशाख, वीरगञ्ज । वीरगञ्जको घण्टाघर नजिकै रहेको बिपी उद्यान पार्कमा रहेको हङकङ बजार हटाउन व्यवसायी तयार भएका छन् । उनीहरुले बुधबारदेखि पसलहरु हटाउन शुरु गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाले केहि महिनाअघि नै तरकारी बजार स्थानान्तरण गरेको भएपनि कपडाको खुद्रा बजार हटाउन सकिरहेको थिएन् ।

बुधबार जेसिबीसहित महानगरपालिकाको नगर प्रहरी बजार तोड्न कस्सिएपछि व्यवसायीहरु बजार आफैं हटाउन तयार भएका थिए ।

महानगरपालिकाले पटकपटक समय दिँदा पनि व्यवसायीहरुले बजार नहटाएपछि महानगरले तोड्न खोज्दा व्यवसायीहरुले आफैं हटाउन शुरु गरेको नगर प्रहरी इन्चार्ज प्रभु ठाकुरले बताए ।

महानगरपालिकाले पटकपटक सूचना निकाल्नुका साथै बजार स्थान्तरणका लागि व्यवसायीलाई जग्गा समेत दिइसकेको थियो । यातायात संस्थानको जग्गामा खुद्रा व्यवसायीहरुले पसल निर्माण गरिरहेका छन् ।

नयाँ ठाँउमा बजार निर्माण गरिनसकेको अवस्थामा महानगरपालिकाले समय नै नदिई बजार तोड्न खोजेको भन्दै व्यवसायीहरुले भने असन्तुष्टी व्यक्त गरेका छन् ।

घण्टाघर अगाडिको सार्वजनिक जग्गा खाली गराएर व्यवस्थित पार्क बनाउने योजना महानगरपालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment