Comments Add Comment

कांग्रेस सचेतकमा पुष्पा भुषाल मनोनित

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा पुष्पा भुषाल मनोनित भएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भुसाललाई सचेतक मनोनित गरेकी हुन् । उनी उपसभामुखको उम्मेदवार समेत बनेकी थिइन् तर, वाम गठबन्धनकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन् ।

दलको उपनेतामा विजयकुमार गच्छदार र प्रमुख सचेतकमा बालकृष्ण खाँड यसअघि नै नियुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment