Comments Add Comment

बम विस्फोटमा घाइते बालकको उपचार खर्च सरकारले ब्यहोर्ने


५ वैशाख, विराटनगर । उदयपुरको गाइघाटमा भएको बम बिस्फोटमा गम्भीर घाइते भएका १४ वर्षीय बालक पारस राईको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

एक सातादेखि पारस विराटनगरस्थित लाइफगार्ड अस्पतालमा उपचाररत छन् । उनको संघीय सरकारले सम्पूर्ण उपचा खर्च ब्याहोर्ने भएको हो ।

बुधबार समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने बताए । उनले बालकको उपचार अवधिभरी कुरुवाहरुलाई खान र बस्ने व्यवस्था मिलादिएका छन् । लाइफ गार्ड अस्पतालमा सघन उपचार कक्षमा रहेका घाइते बालक पारसको उपचार खर्च अभावमा समस्या भएको बारेमा केही दिन अघि अनलाइनखबरमा समाचार प्रकाशित भएको थियो ।

बुधबार समान्य प्रशासन मन्त्री पण्डित, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चाय, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका अनुसन्धान अधिकृत चिरन्जीवि कोइराला, सिविन हेल्पलाइन मोरङका संयोजक बासु अधिकारीलगायतलेे अस्पतालमै गएर घाइते बालक र आफन्तलाई भेटेका थिए ।

२८ चैतमा त्रियुगा नगरपालिका १३ स्थित हवाई फिल्डमा राखिएको बेवारिसे बम बिस्फोट हुदा उनी गम्भीर घाइते भएका थिए । स्थानीय विद्यालयमा ६ कक्षामा अध्ययनरत उनको स्वास्थ्यमा सुधार हुदै गइरहेको भए पनि हाल उनी आईसीयूमै छन् । उनको उपचारमा अहिलेसम्म डेढ लाख भन्दा बढी खर्च भइसकेको छ । उनी पूर्ण रुपमा निको हुँदासम्म ५ लाखसम्म खर्च लाग्नसक्ने अस्पतालले जनाएको छ ।

पारसका बाबु मणीकुमार गाईघाटमा मासु काटेर परिवारको जिविका चलाउने गर्छन् । उदयपुरको गाइघाटमा सुकुम्बासी बस्तीमा उनीहरुको अस्थायी झुप्रो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment