Comments Add Comment

परराष्ट्रमन्त्रीले चीनमा भने -आधुनिक रेल चढेर चीन आउने सपना छ

ओबरमा पर्ने परियोजनाको सूची छिट्टै सार्वजनिक हुने

५ वैशाख, बेइजिङ । चीनले नेपालको विकासका लागि सहयोग चीन र भारतको साझा सहमतिको विषय हुनु पर्ने बताएको छ ।

चीन भ्रमणमा रहेका नेपालका विदेशमन्त्री प्रदिप ज्ञवालीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । लगतै आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्रीले पूर्वाधार विकास परियोजनाहरुमार्फत नेपाल, चीन र भारतको त्रिदेशीय आर्थिक करिडोर निर्माण गर्नु पर्ने बताए ।

उनले भूकम्पपछिको पुननिर्माण, उर्जाको स्रोत विविधिकरण र दुई देशबीचको ब्यापारका लागि तिब्बतमा रहेका राजमार्गहरुको सञ्जाल अझ प्रभावकारी बनाउने बताए ।

पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले भने आधुनिक रेलमा चढेर नेपालबाट चीन आउने आफ्नो सपना रहेको बताएका छन् । नेपाल चीन हिमालय रेलवे रुटको सम्भाव्यता अध्ययन भइरहेको उनले बताएका छन् ।

ओबरमा पर्ने परियोजनाको सूची छिट्टै

चिनियाँ विदेशमन्त्री यीले बेल्ट एण्ड रोड इनिसेटिभ (ओबर)मा पर्ने परियोजनाको सूची छिट्टै सार्वजनिक गर्ने बताएका छन् । नेपालले ओबरमा हस्ताक्षर गरिसकेको छ तर, त्यसअन्तरगतका परियोजना अझै तय भएको छैन ।

विदेशमन्त्री यीले नेपालको सार्वभामसत्ता, क्षेत्रीय अखण्डता र आफ्नो हितको संरक्षणमा सँगै साथ दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment