+
+

गर्भावस्थामा यसकारण हुनसक्छ प्रेसर ‘लो’ को समस्या

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ६ गते ८:५५

प्रत्येक महिलाहरूको जीवनमा गर्भावस्थाको विशेष महत्व हुने गर्छ । गर्भावस्था यस्तो समय हो, जतिबेला महिलाहरूको शरीरमा विभिन्न किसिमको परिवर्तन देखा पर्छ ।  त्यही परिवर्तनकै कारण महिलाहरूको शरीरमा विभिन्न समस्या समेत देखिने गर्छ ।

गर्भावस्थाका क्रममा महिलाका शरीरमा हुने हर्मोनल परिवर्तनका कारण उनीहरूलाई विभिन्न समस्या हुने गर्छ । परिणामस्वरूप उनीहरूको रक्तचापको स्तरमा समेत असन्तुलन देखिन्छ । प्रायः महिलाहरूलाई गर्भावस्थाका समयमा न्युन रक्तचापको समस्या हुने गर्छ ।

गर्भावस्थामा व्लड प्रेसर लो हुन एक आम समया हो । विशेषगरी गर्भवती महिलालाई प्रत्येक दोस्रो तथा तेस्रो तीन महिनामा यस्तो समस्या देखा पर्छ । गर्भावस्थामा देखिने यस्तो समस्यालाई ‘हाईपोटेन्सन’ भनिन्छ । गर्भावस्थामा हाइपोटेन्सन हुनु सामान्य भएकाले  अधिकांश महिलाहरू घरेलु उपचारद्वारा नै हाइपोटेन्सनको समस्या हटाउने प्रयास गर्छन् ।

गर्भावस्थामा हुने लो व्लड प्रेसरका कारण गर्भवती महिलाहरूलाई डर लाग्ने, मुटु काम्नेजस्ता समस्या हुन्छन् ।

गर्भावस्थामा न्यून रक्तचाप

गर्भावस्थामा गरिने ब्लड प्रेसरको जाँचले गर्भमा रहेको शिशु र गर्भवती महिलाको स्वास्थ्यबारे थाहा हुने गर्छ । गर्भवती महिलाको व्लड प्रेसरको आधारमा नै गर्भावस्थामा आउन सक्ने जटिलताबारे थाहा हुने हुँदा  प्रत्येक पल्ट गर्भ जाँच गर्न आउँदा चिकित्सकहरू गर्भवती महिलाको ब्लड प्रेसर जाँच गर्ने गर्छन् ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार सामान्य अवस्थामा एउटा व्यक्तिको ब्लड प्रेसर ८० देखि १२० मिलिमिटर – एमएमएचजी)का बीच रहने गर्छ । कुनै पनि व्यक्तिको व्लडप्रेसर विशेष किसिमको मेसिनद्वारा जाँचिन्छ ।

गर्भावस्थामा व्लड प्रेसरको स्तर  ८० मिलिमिटरभन्दा कम हुनुलाई लो व्लड प्रेसर भनिन्छ । व्लड प्रेसरको स्तर ९० देखि ६० एमएमएचजीको बीच भएमा चिकित्सकहरू यसलाई ‘लो व्लड प्रेसर’ भन्ने गर्दछन्  ।

गर्भावस्थाको सुरुवाती १२ हप्तासम्म महिलाहरूको व्लड प्रेसर कम हुने गर्दछ । यस दौरान पहिलो तीन महिना तथा पछिल्लो तीन महिना गर्भवती महिलाहरूको व्लड प्रेशर कम रहने गर्दछ । जबकी तेश्रो तीन महिना भने यो सामान्य अवस्थामा रहन्छ । गर्भावस्थाका दौरान आइपर्ने समस्याबारे जान्नकै लागि चिकित्सकहरू  हरेक गर्भवती महिलालालाई रक्तचाप जाच्न सल्लाह दिने गर्छन् ।

गर्भावस्थामा लो व्लड प्रेसर र यसका कारण शिशुलाई पुग्ने हानि 

गर्भावस्थामा व्लड प्रेसर लो भइरहे गर्भवती महिलामा बेहोसीको खतरा बढ्छ । उनीहरूमा छिटो उठ्दा र बस्दा बेहोस हुने खतरा उच्च हुने गर्छ । गर्भावस्थामा बारम्बार बेहोस हुनु आफैमा जोखिमपूर्ण छ । कुनै समस्याका कारण बेहोस भएमा गर्भवती महिलाहरूलाई  चोट समेत लाग्न सक्छ । व्लड प्रेसरको कमीकै कारण गर्भमा रहेको शिशुमा रक्तप्रवाह राम्ररी हुन नसकी उनीहरूको  स्वास्थ्यमा समेत गम्भीर प्रभाव पर्नसक्छ ।

केही अध्ययनहरूले जनाए अनुसार गर्भवती महिलालाई बारम्बार व्लड प्रेसर सम्बन्धी समस्या भए उनीहरूको शरीरमा समेत नकारात्मक असर पर्छ । कतिपय अववस्थामा प्रसव वेदनाका दौरान शिशुको मृत्यु समेत हुनसक्छ वा जीवित भए पनि स्वास्थ्यमा समस्या देखा पर्नसक्छ ।

गर्भावस्थामा हुने लो व्लड प्रेसरका लक्षण

लो व्लड प्रेसर आफैमा ठूलो समस्या होइन तर जुन महिलालाई त्यसअघि ब्लड प्रेसर लो भएको छैन, उनीहरूका लागि भने यो गम्भीर समस्या बन्नसक्छ ।

गर्भावस्थामा व्लड प्रेसर भएमा निम्नअनुसारका लक्षण देखिन्छन् :

-चक्कर आउनु, डर लाग्नु

-उभिदा हल्का रिँगटा लाग्नु

-दिनभर थकान महसुस हुनु

-सास लिन समस्या हुनु, छिटो छिटो सास फेर्नु

-लगातार प्यास लाग्नु

-जाडो लाग्नु

-अनुहार पहेलो तथा चिल्लो हुनु

-आँखा धमिलो हुनु ,

-डिप्रेसन

गर्भावस्थामा महिलाहरूलाई माथि उल्लेख गरिएका कुनै पनि समस्या भएमा तुरुन्तै चिकित्सकका जानु पर्छ ।

गर्भावस्थामा ब्लड प्रेसर लो हुनुका कारण

महिलाको व्लड प्रेसर उनीहरूको दिनचर्या, ऊर्जाको स्तर तथा तनावमा निर्भर गर्छ । ब्लड प्रेसर कम हुने वा बढी हुने भन्ने कुरा विशेष स्थितिमा पनि भर पर्ने गर्छ ।

सामान्यतया गर्भावस्थाको सुरुवाती २४ हप्तासम्म प्रायः गर्भवती महिलाको व्लड प्रेसर कम हुने गर्छ । लामो समयसम्म तातोपानीले नुहाएमा पनि महिलाहरूको व्लड प्रेसर कम हुने गर्छ । यी दुवै समस्या अस्थायी हुन् ।

त्यसबाहेक, पनि व्लड प्रेशरका अन्य धेरै कारणहरू छन् 

-रोगको संक्रमण

-धेरै बेरसम्म आराम गर्नु

-शरीरमा पानीको कमी

-कुपोषण

-आन्तरिक रक्तस्राव

-रक्तअल्पत्रा

-मुटु सम्बन्धी समस्या

-हर्मोनको गडबडी

विभिन्न किसिमको औषधी सेवनका कारण पनि गर्भवती महिलालाई लो व्लड प्रेसरको समस्या हुनसक्छ । गर्भावस्थाकेा सुरुवातमा व्लडप्रेसर कम भएमा एक्टोपिक प्रेग्नेन्सी हुने सम्भावना बढ्नसक्छ ।

उपचार विधि

गर्भावस्थामा हुने रक्तचाप सम्बन्धी समस्यालाई औषधी खाएर निको पार्न सकिन्छ । तर महिलाहरू घरेलु औषधीको प्रयोग गरेर यो समस्या कम गर्न रुचाउँछन् । गर्भावस्थाको पहिल्लो महिनामा प्रायः गर्भवती महिलाहरूको रक्तचाप आफै नियन्त्रणमा आउने गर्छ । उक्त समयमा बारम्बार यो समस्या आएमा भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । रक्तअल्पता वा हर्मोनको गडबडीका कारण रक्तचाप न्यून भएमा सबैभन्दा पहिले यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । त्यसबाहेक कुनै औषधीका कारण गर्भवती महिलाहरूको ब्लड प्रेसर कम भएको छ भने पनि चिकित्सकहरूले त्यस्ता औषधीलाई तुरुन्तै फेर्न सक्छन् ।

घरमा आफैले कसरी हेरचाह गर्ने ?

चिकित्सकको प्रत्यक्ष निगरानीका बाबजुद गर्भवती महिलाहरूले आˆनो हेरचाह आफै पनि गर्न सक्छन् । निम्नलिखित तरिका अपनाएर पनि लो व्लड प्रेसरको समस्या कम गर्न सकिन्छ ।

आराम गर्ने

लो व्लड प्रेसर भएका गर्भवती महिलाहरूले आˆना हरेक काम विस्तारै सुस्त गतिमा गर्नुपर्छ । विहान उठ्दा हतार गर्नु हुँदैन । हतार हतारमा उठ्दावा बस्दा चक्कर आउन सक्छ । बेहोस हुन्छु भन्ने लाग्छ भने उनीहरूले अझ विस्तारै काम गर्नुपर्छ  । छिटो छिटो सास लिनु हुँदैन ।

त्यति मात्र हैन, लो व्लड प्रेसरको समस्या हुने गर्भवती महिलाले पर्याप्त मात्रामा आराम गर्नुपर्छ । यसले थकान कम महसुस हुन्छ ।

हल्का कपडा लगाउने 

लो व्लड प्रेसरको समस्या कम गर्न गर्भवती महिलाले हल्का तथा आरामदायी कपडा लगाउनुपर्छ । आरामदायी कपडा लगाउनाले चक्कर आउने तथा थकान समस्या कम गर्न सकिन्छ । कैयौं महिला पैतालाको दुखाइ कम गर्न घुँडासम्म टाइट मोजा लगाउने गर्छन् । जब कि ब्लड प्रेसर लो हुने व्यक्तिले टाइट लुगा लगाउनु हुँदैन ।

पर्याप्त मात्रामा पानीको सेवन गर्ने

गर्भावस्थामा कैयौं महिलालाई विहानको समयमा वाकवाकी लाग्ने तथा उल्टी हुने गर्छ । यस्तो अवस्थामा गर्भवती महिलाले आˆनो शरीरमा पानीको कमी हुन दिनु हुँदैन । शरीरमा पानीको कमी हुन नदिन पर्याप्त मात्रामा पानीकेा सेवन गर्न जरुरी छ । लो ब्लड प्रेसरकै कारण चक्कर आउँछ भने हर्बल चियाको सेवन गरेर पनि यो समस्या कम गर्न सकिन्छ ।

आहारमा विशेष ध्यान दिने

चिकित्सकहरू गर्भवती महिलाहरूलाई थोरै थारै खानेकुरा सल्लाह दिने गर्छन् । गर्भावस्थामा पौष्टिक तत्वको सेवनले महिलाहरूलाई कैयौं रोगबाट बचाउँछ । गर्भावस्थाका दौरान लो व्लड प्रेसरबाट पीडित महिलालाई चिकित्सकहरू नुन खाने सल्लाह दिन्छन् जब कि गर्भावस्थामा ज्यादा नुनको सेवन पनि हानिकारक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?