Comments Add Comment

माइक्रोवेभको खानाले क्यान्सरदेखि गर्भपातसम्मको जोखिम

कुनै बेला यस्तो समय थियो, जतिबेला मानिसहरू दाउरामा खाना पकाउँथे । समय बदलियो  । मानिसको घर दाउराको स्थान ग्याँस, स्टोभ तथा माइक्रोओभनले लियो । तर तपाईहरूलाई थाहा छ, खाना पकाउन तथा तताउनका लागि प्रयोग गरिने माइक्रोओभनको प्रयोग मानव शरीरका लागि कति हानिकरक छ ?

यसको नियमित सेवनले शरीरमा विभिन्न किसिमका समस्या त निम्त्याउँछ नै । माइक्रोवेभको प्रयोग गर्भवती महिलाहरूका लागि समेत हानिकारक हुनसक्छ । एक अनुसन्धानका अनुसार माइक्रोओभनबाट खतरनाक इलेक्ट्रो म्यागनेट रेडिएसन निस्कने गर्छ, जसले गर्भमा रहेको शिशुको मस्तिष्क, मुटु तथा मांसेपशीमा असर पुर्‍याउन सक्छ भने गर्भपात समेत हुनसक्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा कमी

नियमित रूपमा माइक्रोवेभमा पकाएको खाना खानाले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने गर्छ । परिणामस्वरूप, शरीरले विभिन्न व्याक्टेरिया वा जीवाणुका कारण हुनसक्ने संक्रमणलाई रोक्न सक्दैन व्यक्तिलाई विभिन्न रोगको संक्रमण हुने गर्दछ ।

पौष्टिकता नष्ट हुन्छ

माइक्रोवेभमा खाना पकाउने तथा तताउनाले खानाको पौष्टिकता ६० देखि ९० प्रतिशतसम्म कम हुने गर्छ । खाद्यान्नको संरचनामा नै परिवर्तन हुने भएकाले यस्ता खाना खानाले फाइदाको सट्टा हानि पुर्‍याउने गर्छ

क्यान्सरको खतरा

माइक्रोवेभबाट उत्पन्न हुने विकीरणले दूध तथा दालमा क्यान्सरजन्य तत्वको निर्माण गर्छ । यसमा पकाइएको खानेकुुरा खानाले  रगतमा क्यान्सरको कोशिकाको संख्या बढ्ने गर्छ ।

पाचन समस्या

माइक्रोवेभमा खाना पकाउदा खाना चाँडै पाक्नुका साथै कम समयमै खाना तातो त हुन्छ तर यसबाट उत्पन्न हुने हानिकारक विकीरणले खाद्य पदार्थमा यस्तो परिवर्तन गराइदिन्छ कि मानिसको पाचन प्रणालीमा गडबडी देखा पर्छ ।

चाउरीपना तथा बुढ्यौली निम्त्याउँछ

माइक्रोवेभमा कम समयमा खाना पाक्छ । जसका कारण खाद्य पदार्थको पौष्टिकता नष्ट हुने गर्छ । यस्ता खाद्य पदार्थको सेवनले असमयमै अनुहार चाउरी पर्नुका साथै समयअगावै बुढ्यौली निम्तने गर्छ । यसमा बनाएको खाना खानाले छाला सम्बन्धी क्यान्सर हुने खतरा वृद्धि हुन्छ ।

मस्तिष्कको लागि हानिकारक

माइक्रोवेभमा पकाएको खाना खाने व्यक्तिको मस्तिष्कमा समेत यसले प्रतिकूल प्रभाव पार्छ । यसले मानव मस्तिष्कमा अल्पकालीन तथा दीर्घकालीन प्रभाव पार्ने गर्छ ।

हर्मोनको गडबडी

माइक्रोवेभमा बनाएको खानाको सेवनले हर्मोन सम्बन्धी समस्या निम्तने गर्छ । माइक्रोवेभमा बनाएको खाना खानाले हर्मोनको निर्माण प्रक्रियामा असर पर्छ । यसले महिलालाई मात्र नभई पुरुषको हर्मोनलाई समेत प्रभावित पार्छ ।

एकाग्रताको कमी

नियमित रूपमा माइक्रोवेभमा बनाएको खानाको सेवन गर्नाले व्यक्तिको स्मरण शक्ति, एकाग्रता तथा वौद्धिक क्षमतामा प्रतिकूल असर पर्छ । विशेषगरी यसबाट आउने विकीरणकै कारण व्यक्तिमा एकाग्रताको कमी हुनुका साथै भावनात्मक अस्थिरता कायम हुने गर्छ ।

बच्ने उपाय

-आवश्यकता अनुसार मात्र माइक्रोवेभको प्रयोग गर्नुपर्छ । यसको प्रयोग जति कम गर्न सक्यो, स्वास्थ्यका लागि उत्ति नै फाइदाजनक हुन्छ ।

-माइक्रोवेभलाई खाना पकाउनका लागि नभचई तताउनका लागि मात्र उपयोग गरौ ।

-माइक्रोवेभमा खाना तताउँदा सकेसम्म कम खोल्नुपर्छ । अन्यथा यसको हानीकारक विकीरणले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।

-यसको प्रयोग गर्दा टाढै बस्नुपर्छ किनभने यसको विकीरण १२ सेन्टीमिटर टाढासम्म फैलन्छ ।

-ओभन पुरानो भइसकेको छ भने यसको नियमित जाँच गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment