Comments Add Comment

यसरी थाहा पाउन सकिन्छ पित्तथैलीको पत्थरी

पित्तथैलीमा पत्थरी हुनु एक आम समस्या हो । जब पित्ताशयले अत्यधिक कोलेस्ट्रोललाई गलाउन सक्दैन, तब उक्त कोलेस्ट्रोल पत्थरका रूपमा विकास हुन थाल्छ । यस्ता पत्थर चामलको गेडादेखि चनाको दाना वा सानो रुद्राक्षको आकारमा समेत हुनसक्छ ।

त्यसो त पित्तथैली एउटा थैलीजस्तो सानो आकारको अंग हो । जुन कलेजोको ठीक मुन्तिर हुने गर्छ । यसले बाइललाई एकत्रित गर्ने काम गर्छ । बाइलले पाचन क्रियामा फ्याटलाई टुक्र्याउने काम गर्छ । जब पित्तथैलीमा बाइलको रसायनको संरचना असन्तुलित हुनपुग्छ, तब पित्तथैलीमा पत्थर बन्ने गर्छ ।

बाइलमा कोलेस्ट्रोलको मात्रा बढी भएपछि क्रिस्टल बन्न थाल्छ, जुन केही समय पश्चात्त पत्थरीको रूपमा विकास हुनथाल्छ । पित्तथैलीको पत्थरी ४० वर्ष माथिका व्यक्तिलाई बढी हुन्छ ।

यसका लक्षण

पेट दुखाइ महसुस हुनु 

पित्ताशय पा पित्तको थैलीमा पत्थरी भए पेट दुख्ने गर्छ । पित्तथैलीमा पत्थरी भएमा खाना खानासाथ पेट दुख्न थाल्छ । त्यसमा पनि भुटेको वा चिल्लो खाना खानासाथ पेट दुखिहाल्छ ।

पटक पटक पेट दुख्नु

पटक पटक पेट दुख्नु, केही क्षणको अन्तरालमा पेट दुख्नु  तथा शरीरको दायाँतर्फ पेट दुख्नु पनि पित्तथैलीको पत्थरीको संकेत हो ।  पित्तथैलीमा पत्थरी भएमा व्यक्तिलाई केही मिनेट वा केही घण्टासम्म पनि दुखाइ महसुस हुने गर्छ ।

ज्वरो आउनु

पित्तासयमा भएको संक्रमणका कारण व्यक्तिलाई ज्वरो आउनसक्छ । कहिलेकाहीँ पत्थरी यति ठूलो हुन्छ कि पित्ताशयमा घाउ तथा संक्रमण हुनसक्छ ।

पिसाबको रंगमा परिवर्तन

पिसाबको रंग पहेलो हुनु तथा पिसाब चिल्लो हुनु पनि पत्थरीको संकेत हो ।

पखाला

अचानक पखाला लाग्नु पित्तथैलीको पत्थरीको संकेत हुनसक्छ । पेट बारम्बार फुलेको महसुस भए, भरिएको महसुस भए वा ग्याँस तथा पातलो दिसा भएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । यस्ता लक्षण पित्तथैलीको पत्थरीका संकेत हुनसक्छन् ।

लामो सास लिँदा तीव्र पीडा महसुस हुनु

पित्तथैलीमा पत्थरी भएमा गहिरो सास लिँदा तीव्र पीडा महसुस हुने गर्छ । यो आफैँमा कुनै लक्षण हैन, तर जाँच गराएर यसको कारण थाहा पाएमा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment