Comments Add Comment

बिबाह बन्धनमा बाँधिए निर्देशक प्रशन्न


पछिल्लो समय नेपालमा भन्दा अमेरिकामा धेरै बस्दै आएका निर्देशक प्रशन्न पौडेल बिबाह बन्धनमा बाँधिएका छन् । उनले आज बिहे गरेका हुन् । सर्लाही निवासी श्रृष्टी खतिवडासँग उनको मागी बिबाह भएको हो । श्रृष्टी पेशाले नर्स हुन् ।
उनीहरुले काठमाण्डौको एक मन्दिरमा बिहे गरेका थिए ।

उनीहरुको बिबाहमा मिडियाकर्मी र फिल्मीकर्मीको उपस्थिती ज्यादै न्यून थियो । प्रशन्नको निर्देशनमा तयार भएका केही म्यूजिक भिडियोमा काम गरेका मोडलहरु उनलाई शुभकामना दिन पुगेका थिए ।

प्रशन्नले यसअघि मोडल सिम्पल खनालसँग बिहे गरेका थिए । तर, सिम्पल र उनको बिबाह १ बर्ष पनि टिकेन । प्रशन्न अहिले सिम्पलसँगको सम्बन्धको बारेमा कुरै गर्न चाहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment