Comments Add Comment

विल गेट्सका अघि विनोद चौधरीले भने-परोपकारलाई पैसासँग नजोडौं

५ वैशाख, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले पहिले पैसा कमाएर अनि मात्र समाज सेवा गर्नु पर्छ भन्ने भावना त्याग्न संसार भरका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

बेलायतको लण्डनमा आयोजित कमनवेल्थ विजनेश फोरममा बोल्दै अध्यक्ष चौधरीले पहिले पैसा कमाउँ अनि मात्र समाज सेवा गरौंला भन्ने सोंच त्याग्नु पर्नेमा विश्वका विजनेश लिडरहररूको ध्यानाकर्षण गराएका हुन् ।

बेलायती राजकुमार विलियम र माइक्रोसफ्टका मालिक विल गेट्स सहभागी कार्यक्रममा चौधरीले भने, ‘विजनेश र सामाजिक कामहरू एकपछि अर्को होइन सँगसँगै अगाडि बढाउनुपर्छ । जुन समाजले हामीलाई विजनेश गर्ने वातावरण दिएको छ, त्यसका लागि हामीले मुनाफाको निश्चित अंश फिर्ता गर्न सक्नुपर्छ ।’ ।

उनले परोपकारलाई पैसासँग नजोड्न आग्रह पनि गरे । ‘परोपकार पैसा होइन, समाजका लागि दिगो योगदान गरौं भन्ने व्यक्तिगत प्रतिवद्धता हो’ अध्यक्ष चौधरीले भने– समाजिक कामलाई पैसामा नाप्नु भन्दा त्यसबाट समाजको सकारात्मक रूपान्तरणमा के योगदान पुग्न सक्यो भन्ने दृष्टिकोणबाट हेरिनुपर्छ ।’

समाज सेवामा गरिएको खर्चको प्रतिफलका विषयमा पनि गम्भिरता पूर्वक समिक्षा आवस्यक देखिएको धारणा उनले राखे । गैर सरकारी सस्थाहरूमार्फत् अतिकम विकसित मुलुकमा गरिएको लगानीबाट अपेक्षित उपलब्धी हासिल हुन नसकिरहेको महसुस गरिएको बेला अध्यक्ष चौधरीले विश्वब्यापी फाउण्डेसनमा योगदान पु¥याइरहेका विजनेश लिडरहरूको ध्यानाकर्षण गराएका हुन् ।

विश्वका प्रभावशाली विजनेश लिडरहरू उपस्थित कमनवेल्थ विजनेश फोरममा नेपालबाट अध्यक्ष चौधरी सहभागी छन् । कमनवेल्थमा आवद्ध विश्वका ५२ मुलुकका राष्ट्र प्रमुखहरूको बैठकसँगै विजनेश फोरम आयोजना गरिदै आएको छ । यसपटक बेलायती महारानीले यो बैठकको आयोजना गरेकी थिइन् । अप्रिल १६ मा शुरू भएको विजनेश फोरम १८ तारिखमा समापन हुने कार्यक्रम छ । चौधरी ग्रुप कमनवेल्थ इन्टरप्राईज एण्ड इन्भेष्टमेन्ट काउन्सिलको सदस्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment