Comments Add Comment

टर्कीमा पूर्वनिर्धारित समयभन्दा अघि नै संसदीय चुनाव घोषणा

६ वैशाख, काठमाडौं । टर्कीमा पूर्वनिर्धारित समयभन्दा अघि नै संसदीय निर्वाचन हुने भएको छ । टर्कीमा आगामी २४ जुनमा निर्वाचन हुन लागेको हो । यसअघि यो चुनाव सन् २०१९ मा गर्ने तय भएको थियो ।

तर राष्ट्रपति रेचेप तेयप अर्दोआनले अचानक नयाँ चुनावको मिति घोषणा गरेका हुन् । अर्दोआनले सन् २००२ देखि टर्कीको सत्ता सम्हाल्दै आएका छन् । उनी अधिक शक्तिका साथ अझै पाँच वर्षको नयाँ कार्यकाल बिताउन इच्छुक छन् ।

टर्कीको राष्ट्रपतिलाई नयाँ शक्ति प्रदान गर्ने कि नगर्ने भन्ने विषयमा गत वर्ष जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा नयाँ शक्ति प्रदान गर्ने पक्षमा मत आएको थियो ।

पूर्वनिर्धारित मितिभन्दा अगाडि नै निर्वाचन गराउनुपर्नाको कारणबारे राष्ट्रपति अर्दोआनले ‘देशको पुरानो व्यवस्थाको रोगलाई निदान गर्नका लागि’ नयाँ चुनाव जरुरी छ ।

थप स्पष्ट पार्दै उनले भने, ‘सिरिया र विश्वका अन्य घटनाक्रमको कारण नयाँ कार्यकारी प्रणाली लागू गर्न जरुरी भइसकेको छ ताकि हामी आफ्नो देशको हितमा अझै मजबुतीका साथ निर्णय लिन सकौं ।’

राष्ट्रवादी एमएचपी पार्टीका अध्यक्ष देवलेत बाशेलीसँग छलफल गरेपछि अर्दोआनले अचानक चुनाव गराउने निर्णय लिएको बीबीसीले लेखेको छ । एमएचपी र सत्ताधारी एके पार्टीबीच संसदीय चुनावमा गठबन्धनसमेत हुने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment