Comments Add Comment

युरोपेलीको अनुहार स्क्यान गर्दै फेसबुक

फोटो तथा भिडियोमार्फत प्रयोगकर्ताको पहिचान गर्न फेसियल रेकग्निसन प्रविधिको प्रयोगका लागि फेसबुकले आफ्ना युरोपेली तथा क्यानडाली प्रयोगकर्तासँग अनुमति माग्न सुरु गरेको छ ।

फेसबुकले क्यानडा बाहेकका प्रयोगकर्ताका लागि सन् २०११ मै अनुहार स्क्यान गर्ने प्रविधिको प्रयोग सुरु गरेको भएता पनि नियमनकर्ता लगायतको विरोधका कारण युरोपेली नागरिकको हकमा यो प्रविधिको प्रयोग रोकेको थियो ।

फेसबुकले नयाँ डाटा प्राइभेसी कानून लागू गर्नुअघि प्रयोगकर्तासँग स्वेच्छिक अनुमतिका लागि गरेका अनुरोध मध्ये यो एक भएको बताइएको छ । यद्यपि, यो प्रयास विवादित हुने देखिएको छ ।

प्रयोगकर्ताका डाटाको अनधिकृत प्रयोग भएको विषयमा पछिल्लो दिनमा फेसबुक तीव्र विवादमा फसिरहेको छ ।

त्यस्तै प्रयोगकर्ताको अनुमति विना नै फेसियल रिकग्निसन टेक्नोलोजीको प्रयोग गरेको भन्दै फेसबुकले अमेरिकामा मुद्दा खेपिरहेको छ ।

आलोचकहरुले फेसबुकको प्लाटफर्मममा रहेका अर्बाै‌ तस्वीरमध्ये खास प्रयोगकर्ता पहिचानका लागि बायोमेट्रिक पहिचान तथा ट्रयाकिंग प्रविधिको प्रयोग गर्नाले प्रयोगकर्ताको गोपनीयतामाथि खतरा बढाउने दाबी गरेका छन् ।


इयू र क्यानडा बाहिरका प्रयोगकर्ताका लागि भने फेसबुकले फेस रिकग्नीसन प्रविधिको प्रयोग गरिरहेको छ । प्रयोगकर्ता आफै‌ँले यो प्रविधिको प्रयोगका लागि दिएको अनुमति रद्द नगरेसम्म सम्बन्धित प्रयोगकर्ताको अनुहार फेसबुकले स्क्यान गरिरहनेछ । यद्यपि, आगामी महिनाहरुमा इयू र क्यानडा बाहिरका प्रयोगकर्ताका लागि प्राइभेसी कन्ट्रोलको प्रणाली समीक्षा गरी नयाँ टूल्स उपलब्ध गराइने फेसबुकले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment