Comments Add Comment

सन् २०२५ सम्ममा ४ अर्ब स्मार्टफोन, १ खर्ब इन्टरनेट कनेक्सन

विश्वमा अबको ७ वर्षमा व्यक्तिगत प्रयागमा रहेका स्मार्टफोनको संख्या ४० अर्ब पुग्नेछ । त्यस्तै इन्टरनेट कनेक्सन्सको संख्या १ खर्ब पुग्ने अनुमान गरिएको छ ।

चाइनिज इलेक्ट्रोनिक्स कम्पनी हुवावेले मंगलबार सार्वजनिक गरेको रिपोर्टमा यस्तो प्रक्षेपण गरिएको छ ।

ग्लोबल इन्डस्ट्री भिजन २०२५ नामक उक्त रिपोर्ट अनुसार सन् २०२५ सम्ममा यातायात उद्योगमा समेत इन्टेलिजेन्ट प्रविधिको व्यापाक प्रयोग भएको हुनेछ । उक्त अवधि सम्ममा ६ करोड गाडीमा फाइभ जी नेटवर्क जडान भएको हुनेछ भने शत प्रतिशत नयाँ गाडीमा इन्टरनेट जडित हुनेछ ।

हुवावेको प्रमुख रणनितिक मार्केटिंग अफिसर विलियम जुले सार्वजनिक गरेको रिपोर्टमा सन् २०२५ सम्म १ खर्ब इन्टरनेट कनेक्सन हुनेछ त्यसको अधिकांस श्रोत औद्योगिक इन्टरनेट हुनेछ ।

हुवावेका अनुसार इन्टेलिजेन्ट प्रविधिले औद्योगिक क्षेत्रलाई पुनर्संरचना गर्ने र यसले नयाँ इन्टेलिजेन्ट उद्योगहरुको सिर्जना गर्नेछ । साथै उच्च गतिको इन्टरनेट, इन्टरनेट अफ थिंग्स तथा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्रविधिले उद्योगहरुलाई उत्पादन तथा आविष्कारमा फड्को मार्न सघाउनेछ ।

साथै सहरी क्षेत्रमा इन्टेलिजेन्स प्रविधिको उपयोगले सहरी योजना व्यवस्थापकलाई दिगो विकास र सुरक्षा व्यवस्थापनका साथै परिवहन व्यवस्थापनका लागि समेत योजना बनाउन सहयोग पुग्ने रिपोर्टमा उल्लेख छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment