फेसबुकलाई मानिसले अनेक तरिकाले प्रयोग गर्ने गर्दछन् । एकजना मानिसले चाहिँ फेसबुकलाई नि:शुल्क विर्यदान गर्ने माध्यम बनाएका छन् । जसका कारण उनी अहिलसम्म २ दर्जन बच्चाका पिता बनिसकेका छन् ।
स्कटल्याण्डको ग्लास्गोमा बस्ने ३९ वर्षका एन्थोनी फ्लेचरले फेसबुकमा विर्यदान गर्ने विज्ञापन पोष्ट गरे । उनका विज्ञापनका कारण निसन्तान महिलाहरु अाकर्षित भए र अहिलसम्म उनले ५० जना महिलालाई विर्यदान गरिसकेका छन् ।
एन्थोनीले गर्भाधारणका लागि इच्छा भएका महिलालाई आफ्नो घरनजिक बोलाउँथे र आफ्नो विर्य निकालेर दिन्थे । यसका लागि उनले कुनै शुल्क लिँदैनथे ।
द सनका अनुसार पाँच वर्षअघि उनलाई निसन्तान महिलाका लागि शुक्रकिट दिएर सन्तानसुख प्रदान गर्ने आइडिया फुरेका थियो ।
उनीमाथि अवैध रुपमा शुक्रकिट दिइरहेको आरोप पनि लाग्न गरेको छ । किनकि संयुक्त अधिराज्यमा लाइसेन्स विना विर्यदान र अण्डा दान गर्न पाइँदैन ।
फ्लेचरले आफ्नो फेसबुकमा लेखेका छन, म एक सक्रिय तथा अनुभवी विर्यदाता हुँ । ग्लास्गोभन्दा केही माइल टाढा बस्छु म । मैले अहिल्यै पनि महिलालाई गर्भवती हुनमा सहयोग गर्न सक्दछु । एकल महिला, समलिंगी जोडी तथा लोग्नेबाट बच्चा नभएको महिलाका लागि समेत विर्यदान गर्न मलाई खुसी लाग्दछ ।
एजेन्सी