Comments Add Comment

साढे ६ सयले लिए हिमाल आरोहणको अनुमति

सगरमाथा चढ्न अनुमति लिनेको संख्या धेरै

६ वैशाख, काठमाडौं । चालु बसन्त सिजनमा हिमाल आरोहणका लागि ७६ वटा टिमले अनुमति लिएका छन् । विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६४९ जनाले आरोहण अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ ।

यसमध्ये सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या ठूलो छ । यो सिजनमा हिमाल आरोहणका लागि अनुमति लिएका धेरै टिम बेस क्याम्पमा पुगिसकेका छन् ।

यो सिजनमा ८ हजार मिटरभन्दा अग्ला  हिमाल चढ्न ५५ टोलीबाट ५२८ जनाले अनुमति लिइसकेका छन् ।

विभागका प्रवक्ता रामप्रसाद सापकोटाअनुसार सगरमाथा आरोहणका लागि ३२ वटा विदेशी टिम तयार छन् । ४ वटा नेपाली टिम पनि अन्तिम तयारीमा छ ।

आइतबारसम्म विभागबाट सगरमाथा चढ्नका लागि ३१६ विदेशी र २० नेपालीले अनुमति लिएका छन् । सगरमाथापछि ल्होत्से हिमाल चढ्न अनुमति लिनेको संख्या धेरै छ । ल्होत्सेका लागि ८ टिमबाट ८८ जनाले अनुमति पाइसकेका छन् ।

कञ्चनजंघा हिमाल आरोहण गर्न ४ टिमका ४२ जना आरोहीले तयारी गर्दैछन् । अमादब्लम हिमाल आरोहण्का लायि गो सिजमा ४ वटा टिम जाने तय भइएको छ । २८ जना आरोही तयार छन् ।

मकालु हिमालका लागि ३ टिमबाट २७ जनालाई अनुमति दिइएको छ । धौलागिरिको आरोहण गर्न २ वटा टिमबाट २६ आरोहीले अनुमति लिएका सापकोटाले जानकारी दिए ।

धम्पुस हिमाल चढ्न १९, मुस्ताङका लागि १२, नुप्त्सेका लागि ११ र मकालु दोस्रो था बरुन्त्सेका लागि ९/९ जनाले अनुमति पाएको विभागले जनाएको छ ।

रुट मर्मत गर्दै आइसफल डाक्टर

अन्नुपूर्ण, छोपा बमारे र हिमलुङ हिमाल चढ्न अहिलेसम्म एक जनाले मात्रै अनुमति पाएका छन् ।

अहिले धेरै आरोहीहरु मौसम सफा हुने समयमको प्रतिक्षामा बेस क्याम्पमा छन् ।  अपि्रलभन्दा मे महिनालाई आरोहणका लागि उपयुक्त महिना मानिन्छ । अहिले हजारभन्दा बढी शेर्पाहरु आरोहीका साथमा हिमाल चढ्न तयारी अवस्थामा छन् ।

अहिले आइसफल डाक्टरहरुले सगरमाथा चढ्ने रुट मर्मत गरिरहेको प्रवक्ता सापकोटाले बताए । हिमाल चढ्न र ओर्लन आरोहीहरुले करिब ६ हप्ता लगाउने गरेका छन् ।

२२ औं पटक सगरमाथा आरोहणको तयारी

नेपाली कीर्तिमानी आरोही कामी रिता शेर्पा यसै सिजनमा २२ औं पटक सगरमाथा आरोहणको तयारीमा छन् ।

उता अस्ट्रेलियन आरोही स्टिभ प्लेन सबभन्दा छोटो अवधिभित्र विश्वका सात महादेशका सबभन्दा अग्ला चुचुरा चढेर कीर्तिमान बनाउने अभियानमा जुटेका छन् । उनी हाल सगरमाथा आधार शिविर पुगिसकेका छन् ।

आरोहणको तयारीमा संलग्न शेर्पाहरुका अनुसार वैशाखको तेस्रो हप्तादेखि सगरमाथा क्षेत्रको मौसम सफा हुनेछ । त्यसपछिको करिब एक हप्तामा पहिलो टोली सगरमाथा शिखर पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment