Comments Add Comment

कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि कुँवरको प्यानल घोषणा

६ वैशाख, कैलाली । यही बैशाख २२ गते हुने कैलाली उद्योग बाणिज्य संघको चुनावका लागि बर्तमान कोषाध्यक्ष पुष्पराज कुँवरको प्यानलको औषचारिक घोषणा भएको छ ।

‘ब्यावसायिक एकता र आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ कुँवरको प्यानल घोषणा भएको हो ।

कुँवर नेतृत्वको प्यालनमा बरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, बाणिज्य उपाध्यक्षमा गगन के.सी., वस्तुगत उपाध्यक्षमा शिव कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिव सिद्धराज पनेरुले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी सदस्य पदमा उम्मेदवारी दिनेहरुमा मनोज अग्रवाल, केशवराज जोशी, टोपबहादुर के.सी., शिव सापकोटा, मिलन कुँवर, तिलक खतिवडा, सुरेन्द्र बोहरा, लक्ष्मण राज पन्त र धनबहादुर चौधरी रहेका छन् ।

०२७ सालमा स्थापना भएको कैलाली उद्योग बाणिज्य संघको बैशाख २२ गते ४६ औ साधारण सभाबाट नयाँ कार्यसमिति चुनिदै छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कर्ण कुँवर, पूर्वअध्यक्षहरु गोपाल हमाल र दिनेशराज भण्डारी लगायतको समर्थन रहेको छ ।

चुनावका लागि वर्तमान महासचिव रुपेश स्वाँरको अर्को प्यानल रहने चर्चा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment