Comments Add Comment

धनगढीमा निर्माण भयो १२ करोडको ‘फन सिटी’

६ वैशाख, कैलाली । १२ करोड बढीको लगानीमा कैलालीमा धनगढी फन सिटीको निर्माण भएको छ ।

जलबिहार गर्नका लागि विभिन्न सुबिधासहितको फन पार्कको निर्माण कार्य सम्पन्न भएको हो ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झण्डै अढाइ विगाह क्षेत्रफलमा फन पार्क निर्माण गरिएको हो । निर्माण सुरु भएको दुई वर्षमा फन पार्कको निर्माण सम्पन्न भएको हो ।

फन पार्कमा, जलबिहार, लगायत विभिन्न प्रकारका पानीमा रमाउनका लागि आवश्यक पर्ने उपकरणहरु, रेष्टुरेन्ट लगायतको सुबिधाहरु रहेको सन्चालक श्याम विष्टले बताए ।

उनले निर्माण भएको फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रील्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायतका जलबिहारमा आनन्द लिन सकिने सेवाहरु रहने बताए ।

बाहिरबाट धनगढीमा आउने पर्यटकहरुलाई, रमाउनका लागि आवश्यक स्थान नभएपछि निर्माण कार्य सुरु गरिएको फन पार्कले आन्तरिक पर्यटकहरुलाई सवैभन्दा बढी राहत हुने अर्का संचालक धर्मपाल सिंह राबत बताउँछन् ।

नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको पुरानो भन्सार रोडमा अवस्थित धनगढी फन सिटीको यही वैशाख १४ गतेदेखि सर्वसाधारका लागि खुला गरिने संचालक रावतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment