Comments Add Comment

‘नेप्टे’ निर्माताको गुनासो–‘मलाई हलवाला र वितरकले हेपे’

१५ लाखको लेनदेन भएको आरोप


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘नेप्टे’का निर्माता तथा कलाकार रोहित रुम्बाले आफूलाई हलवालाहरुले हेपेको बताएका छन् । आफ्नो चलचित्रको व्यापार राम्रो हुँदा हुँदै पनि वितरक र हलवालाहरुले आफूलाई हेपेको उनको आरोप छ ।

काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो चलचित्रले ५६ हल पाएको तर ती हलमा शो निकै कम पाएको बताए । नयाँ बर्षको दिनमा चलचित्रले निकै राम्रो व्यापार गरेको भन्दै उनले हल कम हुँदा आफ्नो चलचित्रले लगानी उठाउन मुश्किल हुने उनले बताएका छन् ।

रोहितले आफ्नो चलचित्रलाई कमजोर बनाउन वितरकविच १५ लाख रुपैयाँको लेनदेन भएको समेत आरोप लगाए । उनले पत्रकार सम्मेलनमा भने–‘लिलिबिली’ जुन हलमा लगाएपनि दबाब नदिनु भन्दै १५ लाखको लेनदेन भएको सुनेको छु । यदि, मैले पुरा प्रमाण भेटेपनि सिधै दुबै चलचित्रका वितरकलाई मुद्दा हाल्छु ।’

रोहितले अब शुक्रबार र शनिबार आफूलाई हल दिन र आफ्नो चलचित्रको दम हेर्न पनि हलवालाहरुलाई आग्रह गरे । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘नेप्टे’ले वितरकले भने अनुसारको हल नपाएपछि रोहितले राजनीति भएको भन्दै पत्रकार सम्मेलन गरेका हुन् ।

दयालाई प्रश्न–‘तपाइको फिल्मले ६ शो पाउँदा प्रदिपको फिल्मले २५ शो पायो नी ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment