Comments Add Comment

आन्दोलनको तयारीमा निर्माता संघ


नेपाली चलचित्र क्षेत्रको वेथिती उदेक लाग्दो छ । चलचित्र दुख गरेर बनाउने निर्माता, तर चलचित्र गतिलो शेयर नपाउने पनि निर्माता । अझ, उदेकलाग्दो कुरा के छ भने हलमा चलचित्रको व्यापारको आँकडा हरेक हप्ता परिवर्तन हुन्छ । चलचित्रले करोडौ कमायो भनेर निर्माता मख्ख परेपनि हातमा आउने बेलामा साह्रै उदेकलाग्दो रकम आइपुग्छ । निर्माताहरुको अवस्था ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै भएको छ ।

यिनै समस्याहरुको समाधान खोज्न अब निर्माताहरुले आन्दोलनको तयारी गरेका छन् । नेपाल चलचित्र निर्माता संघको नेतृत्वमा आन्दोलनको तयारी गरिएको हो । जसकालागि, निर्माता संघले शनिबार निर्माताहरुको बृहत्त भेला समेत बोलाएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अनलाइनखबरसँग भने–‘अहिले नै हामीले के गर्छौ भनेर नभनौ । शनिबारसम्मको भेला पर्खिदिनुहोला ।’ उनले, निर्माताहरुको पीडा र चलचित्र क्षेत्रमा देखिएको समस्याको बारेमा बृहत्त छलफल गर्नका लागि नै शनिबार भेला बोलाइएको हो । हामी, शनिबारको निर्णय आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौ ।

शेयर बाँडफाँड, बक्स अफिसका बिषयमा निर्माताहरुले माग अगाडि सार्न खोजेको हुन् । आकाशले भने–‘हामी बार्ताबाट नै समस्या समाधान गर्न चाहन्छौ । तर, हामीले सारेका जायज मागहरु पुरा नभएको खण्डमा विभिन्न आन्दोलनको घोषणा गछौ ।’

निर्माताहरुले जायज मागहरु पुरा नभएको खण्डमा केहि महिना हलमा चलचित्र रिलिज नगर्ने सम्मका आन्दोलनको निर्णय गर्न सक्ने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment