Comments Add Comment

श्रीमतीलाई खुकुरी प्रहार गर्ने समातिए

६ बैशाख, काठमाडौँ । श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी नगरपालिका–७ हरहर महादेव नजिक डेरा गरी बस्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका घर भएका ४० बर्षीय चन्द्र बहादुर खत्री छन् । उनलाई प्रहरीले एउटा खुकुरीसहित पक्राउ गरेको हो ।

उनले बुधबार सामान्य विवादका क्रममा २८ बर्षीया श्रीमती भगवती खत्रीलाई खुकुरी प्रहार गरेका थिए । र, उनी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि रोसिको फार्मेसी हरहर महादेवमा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment