Comments Add Comment

क्यूएफएक्सका सञ्चालकसँग दिपकराज गिरीको फेसबुकमा जुहारी

फिल्म निर्माता तथा हास्यकलाकार दिपकराज गिरी र क्यूएफएक्सका सञ्चालक भाष्कर ढुंगानाबीच फेसबुकमा लामो जुहारी चलेको छ । जुहारीको विषय थियो, फिल्म निर्माता र हल मालिकबीचको सेयर बाँडफाँड ।

अहिलेको सेयर बाँडफाँड प्रणालीले हल मालिकहरु मोटाएको र फिल्न निर्माताहरु मर्कामा परेको चर्चा केही समययता चल्दै आएको छ । विशेषतः मल्टिप्लेक्सका हकमा यो धेरै हदसम्म साँचो देखिन्छ । फिल्म लामो समयसम्म चल्दा निर्माताको सेयर भने घट्दै जाने प्रणाली अहिले छ ।

यसैलाई लक्ष्यित गर्दै गिरीले फेसबुकमा लेखे, ‘फिल्म चलेपछि निर्माताको हातमा आउनुपथ्र्यो सेयर, तर आउँछ बिरालो । अब यो सिन्डिकेटविरुद्ध…’
यो स्टाटसमा क्यूएफएसका भाष्करले तत्काल प्रतिक्रिया जनाए । उनले चेतावनीयुक्त जवाफ लेखे, ‘तपाईंलेउ गरेको व्यापारिक सम्झौता अनुसार तपाईंलाई कसैले सेयर दिएको छैन भने पुलिस प्रशासनकहाँ जान सक्नुहुन्छ । होइन भने यस्तो भ्रमपूर्ण र हल्का विचार राखेर प्रदर्शक साथीहरुर्लाइ अपमान नगर्नु भन्ने मेरो आग्रह ।

त्यसपछि गिरी र भाष्करबीच लगातार सवाल जवाफ हुन्छ । जुन यसप्रकार छ ।

Deepak Raj Giri बिचारको लागि धन्यबाद सर….. एक त यॉहा प्रदर्शक साथिहरूको कहिं कतै नाम उल्लेख गरिएको छैन… हिजो हजूर बुबाले बिरालो बॉधेको कागजमा मैले त हस्ताक्षर गरे होला मेरो भाबि पुस्ताले नगर्न सक्छ… आफूले पाउदै आएको
कुरा अब्यबहारिक छ भन्दा हलुका नलाग्नु पर्ने .

Bhaskar Dhungana आफूले पाउदै आएको कुरा किन अब्यबहारिक छ नखुलाईकन अरुलाई बिरालो बाँधेको संझौता भन्नु हलुका नै हो हैन? किन अब्यबहारिक छ त सुनु न हामी पनि?किन Deepak Raj Giri को लागि अर्कै संझौता हुन पर्ने ?

Deepak Raj Giri त्यस्तो होइन होला सर
म केहि होइन. .. तर धेरै वटा म चाहि हामि हुन्छ
हामि हुन सक्यौ.. सर संग बसेर कुरा गरौला.. म मात्रै भए भने त तम् शरणम् थिए छू भइरहनेछू सर..

Bhaskar Dhungana Deepak sir तपाई acting त राम्रो गर्नु हुन्छ, तर तर्क चाहिं दिनु हुन्न ‘  तपाई victim हो भने किन हो भनेर खुलाउनु न! कहाँ भयो तपाइलाई अन्याय? के कारणले तपाई वा तपाईका साथीहरुले बडी share पाउनु पर्ने? तपाई hit भएर धेरै व्यापार ल्यानु भएकोले?तपाइले अरु भन्दा बडी लगानी गर्नु भएकोले? तपाइले बडी risk लिएर पृथक फिल्म बनाउनु भएकोले? केहि त होला नि तर्क ? वा QFX ले बडी पैसा कमायो त्यसको खास आधारनै छैन भने पनि हुन्छ, म रिसाउदिन ‘ तर केहि न केहि तर्क त चाहियो नि हैन ?

Deepak Raj Giri Bhaskar Dhungana – यॉहा नेर qfx भन्ने शब्द सरले नलेख्नु भएको भए हुन्थ्यो सम्पूर्ण मल्टीप्लेक्स र सिगंल थिएटरकै कुरा गर्दैछू…
परम्परागत कुरै ठिक छ भन्ने भ्रम बाट हजूरहरू र हामिहरू दूबै मुक्त हुनु पर्छ । अब त हूदॉ हूदॉ केहि सिगंल थिएटरले पनि हलमा सुधार नगरी ५०% ४०% ३०% को प्रणालीको सिको गर्न थालेका छन् जबकि सम्झैता ५० -५० को थियो .. मेरो स्पष्ट बिचार चलचित्र हाउसफूल वा अकुपैन्सी क़ायम हुन्जेल ५० – ५० र अकुपेन्सी कमज़ोर हुन थाले हल हललाइ घाटा हुने अबस्थामा५५%_ ४५% क़ायम गर्ने ..त्यो पनि भएन कमज़ोर फिल्म लाइ हटाइदिने …यो ब्यबहारिक हुन्छ भन्ने हाम्रो भनाइ हो..!!!

Bhaskar Dhungana संसार भरि सिनेमा व्यापारको share बाँडफाडको आधारहरु हुन्छ, यसमा सबै हल वा producer हरुले आफ्नो तर्क राख्लान, हाम्रो पनि छन!सबै फोर्मुला सबैको लागि नमिल्न पनि सक्छ तर यहाँ सहजताको लागि, सानो हलको पनि सोषण नहोस, सानोproducerको पनि सोषण नहोस भनेर दुइवटा संघहरुले basic cartel रुल बनाएको छ! त्यो समय सापेक्षित छैन भन्ने र यसको time time मा review हुनु पर्छ भन्नु कुरा ठिकै हो! नया आधार समय समय मा बनाएर जानु पर्छ म तपाइको यो कुरामा सहमत छु! मा यो पनि यो कुरामा सहमत छू कि धेरै व्यापार ल्याउने, गराउने ब्यवासाहीहरु पुरस्कृत हुन पर्छ! यो आधार को एउटा खम्बाहो भने तपाई आफ्नो तर्क राख्नुहोस हामी आफ्नो तर्क! हामीलाई पनि हामीले लिएको risk अनुसार र हामीले दिएको व्यापार अनुसार तपाईले पाएको तपाइको risk return को अनुपातमा return नआएको जस्तो लाग्छ! हामी पनि त्यसको तर्क राख्छौ, तपाई पनि राख्नुहोस! कि हाम्रो share बढ्छ कि तपाईंको, बसेर कुरा गरौ! तर म मात्रै victim अरु सबै चोर भन्ने तपाईको यो घुमाउरो अभिव्यक्ति, न तर्कसम्मत छ, न तपाइको वदाको निर्मातालाई सुहाउने

Deepak Raj Giri सरको पछिल्लो भनाइ मै समाधान छ ….हामि दूबै केहि बेरको बिचार बिमर्शमै करिब करिब एकै बिन्दुमा पुग्यौ
यहि उपाए नै अन्तिम उपाए हो…

सरको स्ट्याटसको पछिल्लो लाइन चाहि अन्यथा नलिइ मलाइ गरिएको मायाको रूपमा मात्रै लिएको छू .. मायालाइ फ़िल गर्ने हो तर्क गर्ने होइन ..!!!

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment