Comments Add Comment

तीन बैंकले कमाए एक अर्ब भन्दा बढी नाफा


७ वैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका चार वाणिज्य बैंकमा तीनको नाफा अर्ब माथि पुगेको छ । गत वर्ष एक अर्ब नाफा कटाएको एनआइसी एशियाको भने यसपटक घटेको छ ।

सिद्धार्थ बैंक

बैंकको तेस्रो चौमाशमा नाफा २८ प्रतिशतले वृद्धि भएर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको राइट ब्याक, खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य ३८ करोड रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद व्याज आम्दानी करिब १८ प्रतिशत र अन्य आम्दानी करिब ५० प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी दुई अर्ब २० करोड रुपैयाँ र अन्य आम्दानी ७७ करोड छ ।

बैंकको कर्जा र निक्षेप दुवैमा २० प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ केही बढाए पनि खराब कर्जा भने घटेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी २०.५२ पैसा, मूल्य आम्दानी अनुपात १४.८६ , सेयरमा प्रतिफल १४.१६ र प्रतिसेयर नेटवर्थ एक सय ४४ रुपैयाँ छ ।

एभरेष्ट बैंक

बैंकको तेस्रो चौमाशमा नाफा १८ प्रतिशतले वृद्धि भएर एक अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद व्याज आम्दानी सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी करिब २१ प्रतिशत बढेको छ । अन्य आम्दानी करिब ७१ प्रतिशतको दरमा घटेको छ । खुद ब्याज आम्दानी तीन अर्ब २५ करोड रुपैयाँ र अन्य आम्दानी २० करोड छ ।

बैंकको कर्जा र निक्षेप क्रमशः करिब २० प्रतिशत र १५.२२ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ ३० प्रतिशतले बढाए पनि खराब कर्जा भने घटेको छ । बैंकको खराब कर्जा ०.२३ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी २९ पैसा, मूल्य आम्दानी अनुपात २६.६०, सेयरमा प्रतिफल १९.९१ र प्रतिसेयर नेटवर्थ एक सय ७२ रुपैयाँ छ ।

सिटिजन्स बैंक

बैंकको तेस्रो चौमाशमा नाफा १४.३८ प्रतिशतले वृद्धि भएर एक अर्ब रुपैयाँ पुगेको छ ।

बैंक खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य ४० करोड रुपैयाँ फिर्ता ल्याएपछि पनि नाफामा टेवा पुगेको हो । बैंकको खुद व्याज आम्दानी करिब १७ प्रतिशत र अन्य आम्दानी करिब ३१ प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी एक अर्ब ४६ करोड रुपैयाँ र अन्य आम्दानी ६५ करोड छ ।

बैंकको कर्जा र निक्षेपमा क्रमशः १६ प्रतिशत र ८ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ केही बढाए पनि खराब कर्जा भने घटेको छ । बैंकको खराब कर्जा १.४६ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी १६.७६ पैसा, मूल्य आम्दानी अनुपात २६.६० , सेयरमा प्रतिफल १३.३८ र प्रतिसेयर नेटवर्थ एक सय २९ रुपैयाँ छ ।

 

एनआइसी एशिया बैंक

बैंकको तेस्रो चौमासमा नाफा १८.५१ प्रतिशतले घटेर ९२ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकको सञ्चालन नाफा पनि करिब ८.८६ प्रतिशतले घटेर एक अर्ब २० करोडमा सीमित भएको हो । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधार भएपनि गत वर्षको तुलनामा राइट ब्याक घटेपछि नाफामा प्रभाव परेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य १८ करोड रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद व्याज आम्दानी करिब ४४ प्रतिशत र अन्य आम्दानी करिब २४ प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी दुई अर्ब ६५ करोड रुपैयाँ र अन्य आम्दानी ७९ करोड छ ।

बैंकको कर्जा र निक्षेप दुवैमा उच्च वृद्धि भएको छ । बैंकले करिब ७० प्रतिशतले वृद्धि गरेको छ । यो एक खर्ब ३३ अर्ब रुपैयाँ छ । रुपैयाँ कर्जा लगानी ५९ प्रतिशतले बढेर एक खर्ब आठ अर्ब गरेको छ ।

प्रोभिजनिङ उच्चले बढाए पनि खराब कर्जा पनि घटेको छ । बैंकको खराब कर्जा ०.२२ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी १५.६९ पैसा, मूल्य आम्दानी अनुपात २०.९७ , सेयरमा प्रतिफल १२.१५ र प्रतिसेयर नेटवर्थ एक सय ३७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment