Comments Add Comment

अब दुख र खुशी लुकाउन गाह्रो, मेसिनले पत्ता लगाउने छ मान्छेको मुड

७ वैशाख, काठमाडौं । मनमा दुःख छ तर मुसुक्क हाँसेर सुखी भएजस्तो गर्नु, मनमा रमाइलो छ, तर झोक्राएर दुःखी भएजस्तो गर्नु, रिस उठ्दा शान्त देखिन खोज्नु, सामान्य कुरामा रिसाए जस्तो गरिदिनु अब सजिलो छैन ।

किनकी मान्छेको भावना र मानसिक अवस्था बुझ्ने मेसिनको निर्माण भएको छ ।

डल्बी ल्याब्रोटरिजका प्रमुख वैज्ञानिक पोप्पी क्रुमका अनुसार अब केही समयमै योे मेसिनले काम गर्नेछ । यसले मानिसले आˆनो भावना जतिसुकै लुकाउन खोजे पनि उजागर पारिदिन्छ ।

‘बौद्धिकता र ज्ञानेन्दि्रयको मेल भएको कृत्रिम मेसिनले झुठा कुरा, उत्तेजना, हिंसात्मक अवस्थाबारे जानकारी राख्छ,’ वैज्ञानिक क्रुमले टे्रड सम्मेलनका बेला भनेका छन्, ‘अब नाटकीय तरिकामा अनुहारको फरक अवस्था देखाउने सिलसिलन अन्त्य भयो । हामी हाम्रो भावना प्रसारित गर्छौं । अब हामीले अरुको अवस्थामा बारे पनि सजिलै थाहा पाउने छौँ जो हाम्रा नजिक छन् ।’

आखाको ठूलो सानो हुने प्रक्रियामा दिमागको अवस्था अध्ययन गरी उक्त मेसिनले काम गर्नेछ । आँखाको अवस्थाले मानसिक स्थिति कस्तो छ भन्ने ज्ञान दिन्छ । साथै यसले हाम्रो छालामा आएको तापमानको अवस्थाले पनि हामीले जोड दिएको कुरा र सामान्य रुपमा बताएको कुराको भेद छुट्याउने छ ।

हामीले फाल्ने कार्बनडाइअक्साइडको मात्राबाट पनि व्यक्तिको मानसिक सामञ्जस्यता थाहा हुनेछ । सानो सानो अभिव्यक्ति र सासमा देखिने रसायनको अवस्थाले भावनाबारे पत्ता लगाउने काम उक्त मेसिनले गर्छ ।

यस्तो विभिन्न अवस्थालाई ध्यानमा राखेर कृत्रिम बौद्धिकतायुक्त मेसिनले मानवीय स्वभावलाई नयाँ चरणमा बुझाउन गर्न मद्धत गर्नेछ । ‘एक हिसाबमा यो एकदम डरलाग्दो छ, अर्कोतर्फ यो एकदमै शक्तिशाली छ । हाम्रो भावनात्मक भिन्नतालाई यसले जोड्ने र बुझाउने काम गर्नेछ’ क्रुमले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment