Comments Add Comment

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

८ वैशाख, दिपायल । डोटीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

शिखर नरपालिकाको आलीबाट जोरागाउँ जार्दै गरेको से १ ज ५२७५ नम्बरको जीप नपुराला भन्ने स्थानमा दुर्घटना भएको छ । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिखर नगरपालिका-३ मुड्भराकी ४० बर्षीया खिन्तुरी भुल, ३२ बर्षीया कटी सार्की र १४ बर्षका बालक सुरज भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहले जानकारी दिए ।

घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment