Comments Add Comment

बार्सिलोनाले जित्यो कोपा डेल रेको ३० औं उपाधि

९ वैशाख, काठमाडौं । लुइस स्वरेजले दुई गोलसागै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्डेडेको नेतृत्वमा पहिलो उपाधि हो भने कोपा डेलको ३० औं।

गएराति भएको फाइनलमा बार्सिलोनाले सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५-० को जित निकालेको छ ।

मड्रिडमा भएको खेलमा बार्सिलोनाले १४ औं मिनेटमा स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा मेस्सीले गोल गरे । उनको यो सिजनको ४० औं गोल हो ।

खेलको ४० औं मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-० ले अगाडि रहृयो ।

खेलको ५२ औं मिनेटमा एनिष्टाले गोल गरे भने ६९ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले फाइनलमै ५-० को शानदार जित निकाल्यो ।

एथ्लेटिको मड्रिडलाई हराउँदै फाइनलमा पुगेको सेभिया बार्सिलोनाविरुद्ध निकै कमजोर देखिएको थियो । यद्यपि एक गोलले पछि परेको अवस्थामा उसका वाकिङ कोरियाले राम्रो मौका गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment