Comments Add Comment

इक्यान अध्यक्षमा पाण्डे विजयी

९ वैशाख, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे  विजयी भएका छन् । अध्यक्षका प्रत्यासी सरोजकुमार बस्नेतलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले १७७ मत ल्याए भने बस्नेत १६५ मतमा रोकिए ।

प्रथम उपाध्यक्षमा भने बस्नेत समूहका महेशबाबु तिमिल्सिनाको पल्लाभारी भएको छ । इक्यानले दिएको जानकारी अनुसार, तिमिल्सिना १७९ मतका साथ विजयी भएका हुन् ।

राजेन्द्र रिजाल १७६ र देवीदास भट्टराई १६९ मत ल्याएर क्रमशः द्वितीय र तृतीय उपाध्यक्ष बन्न सफल भएका छन् । रिजाल बस्नेत समूहका हुन् भने भट्टराई पाण्डेको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

उपाध्यक्षको प्रतिस्पर्धामा उत्रिएकी सपना राजभण्डारी १५८ मत पाइन् भने खड्ग ताम्लिङले १४३ मत बटुले । इक्यानले दिएको जानकारी अनुसार, उपाध्यक्षमा पराजित उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत पाएका छन् ।

महासचिवमा शेषराज भट्टराई विजयी भएका छन् । उनी सन्तोष प्याकुरेललाई ६६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २०३ मत ल्याउँदा प्याकुरेल १३७ मतमा रोकिए ।

सचिवमा दीपकराज भुसाल र विक्रम केसी विजयी भएका छन् । उनीहरुले क्रमशः १८७ र १४१ मत बटुले ।

कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जनको पल्लाभारी भएको छ ।

निर्वाचन समितिका अनुसार वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण श्रेष्ठ र प्रकाश श्रेष्ठ सदस्यमा छानिएका छन् । त्यसैगरीसुनिता श्रेष्ठ, यज्ञविलास पौडेल, प्रशान्त शाह, महेश कुमार श्रेष्ठ, दीपक कोइराला, नवराज खत्री, हरिराम लामिछाने, पुष्पराज भट्टराई,सोवित श्रेष्ठ, मणिराम राउत र मनोरथप्रसाद शाह पनि सदस्यमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment