Comments Add Comment

विश्वकै दोस्राे ठूलो रुख: बिरामी भएपछि सलाइनबाट औषधि


बिरामी मान्छेलाई सलाइनबाट औषधि दिनु त स्वभाविकै हो । तर के तपाइँले बिरामी रुखलाई सलाइनबाट औषधि दिएको सुन्नुभएको छ ?

दुनियाँमा सायद रुखलाई सलाइनबाट औषधि दिएर उपचार गर्ने भन्ने अहिलेसम्म सुनिएको थिएन । तर भारतको तेलंगानामा चाहिँ कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै भएको छ ।

तेलंगानामा रहेको ७ सय वर्ष पुरानो बरको रुखलाई सलाइनमार्फत विशेष किटनाशक औषधि दिइएको छ । रुखमा सुइ घोचेर नभै बोतलमा सलाइन पानीसँगै किटनाशक औषधि राखेर रुखका हाँगाहरुमा यत्रतत्र किटनाशक र पानीका थोपा खसाइएको छ ।

यो रुख निकै विशाल छ र तीन एक्कड क्षेत्रफलमा फैलिएको छ । स्मरणरहोस्, यो रुख दुनियाँको दोस्राे सबैभन्दा ठूलो रुख हो ।

बुढ्यौली लागेसँगै यो रुखमा धमिराको आक्रमण निकै बढिरहेको छ । धमिराका कारण रुखका हाँगाबिँगा नै मक्किएर सुक्ने जोखिम बढेसँगै धमिरालगायतका कीटनाशक औषधि रुखका हाँगाबिँगामा सलाइनसँगै दिइएको हो ।

साथै संक्रमण नफैलियोस् भनेर जरालाई पनि पाइपले बाँधिएको छ । रुख हराभरा होस् भन्नका लागि पानी तथा मलखादको व्यवस्था गर्ने योजना पनि सरकारी अधिकारीको छ । साथै रुख नढलोस् भन्नका लागि सिमेन्टका पिलर बनाएर टेको लगाइनेछ ।

पछिल्लो समयमा रुखका हाँगा मक्किएर भाँच्चिन थालेका थिए । त्यसका कारण आगन्तुकहरुालई पनि रुखको नजिक जानबाट रोक्नुपरेको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment