Comments Add Comment

लगातार मोजा लगाउँदा स्वास्थ्य गम्भीर समस्या !

मोजाले पनि स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ भन्ने धेरैलाई विश्वास नलाग्न सक्छ । विशेषगरी जाडो महिनामा बढी प्रयोग गरिने मोजा चिसोबाट बच्न जति फाइदाजनक छ, सही तरीकाले उपयोग गरेको खण्डमा स्वास्थ्यका लागि त्यति नै हानिकारक छ ।

गर्मी मौसममा लामो समयसम्म मोजा लगाउनाले स्वास्थ्यमा गम्भीर समस्या निम्तन सक्छ । कैयौं मानिस सुत्ने समयमा समेत मोजा लगाउने गर्छन् । त्यो पनि शरीरको लागि घातक हुनसक्छ ।

के हुन्छ लामो समय मोजा लगाउँदा ?

रक्तसंचार प्रभावित हुन्छ

शरीरको प्रत्येक अंगलाई कामगर्न रगतको आवश्यकता पर्छ । टाइट मोजा पहिरिएमा नसाहरू दबिने गर्छ । दविएको नशामा रक्तसंचार आपूर्ति राम्ररी हुँदैन । र, पूरै शरीरको रक्तसञ्चार प्रभावित हुनपुग्छ । जसका कारण खुट्टा तथा पैताला दुख्ने, झनझनाउने, फुल्ने , सुन्निने तथा खुट्टा भारी हुने हुने गर्छ । यसकै कारण कयौलाई पटक पटक बेचैनी महसुस हुन्छ । त्यति मात्र होइन, दिनभर मोजा पहिरिनाले पैतालामा रक्तसञ्चार राम्ररी हुँदैन । जसका कारण कुर्कुच्चा सुन्निन्छ र खुट्टाले काम गर्न छोड्छ ।

एडीमा हुनसक्छ

शरीरको कुनै एउटा भागमा तरल पदार्थ जम्नु तथा त्यो ठाउँ सुन्निनु एडीमाको लक्षण हुनसक्छ । एडीमा भएमा तरल पदार्थ छालामुनिको खाली ठाउँमा जम्मा हुनपुग्छ । जसका कारण उक्त भाग सुन्निने तथा फुल्ने गर्छ । उक्त समस्या कुर्कच्चा, खुट्टा हुँदै माथिसम्म पुग्ने गर्छ र खुट्टा सन्न हुन थाल्छ । यो समस्यालाई गम्भीरताका साथ लिन जरुरी छ । त्यति मात्र होइन, एकै ठाउँमा लामो समय उभिँदा मात्र नभई अन्य कारणले गर्दा पनि खुट्टा बारम्बार सुन्निरहेको छ भने त्यसलाई पनि एकपटक ध्यान दिनुपर्छ । त्यस्तो समस्या टाइट मोजा लगाउनाले पनि हुनसक्छ ।

फंगल इन्फेक्सन

पैतालाबाट निस्कने पसिनालाई मोजाले नै सोस्ने गर्छ । लामो समयसम्म मोजा लगाउनाले उक्त पसिना सुक्न पाउँदैन । जसका कारण मोजामा व्याक्टेरिया, फंगस लगायतको जीवाणु उत्पन्न हुन्छ । त्यसैको कारण खुट्टामा फंगल इन्सेक्सन हुने गर्छ ।

यी उपाय अपनाएर पनि मोजाका कारण हुने समस्याबाट बच्न सकिन्छ:

सही साइजको मोजा किन्ने

सही साइजको वा खुट्टाको नाप अनुसारको मोजा किनेर पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।

एक साइज ठूलो किन्ने

बच्चाको हकमा साइजभन्दा एक साइज ठूलो मोजा किनेर पनि यो समस्याबाट बच्न सकिन्छ ।

सही फेबि्रकको मोजा छान्ने

सिन्थेटिकको सट्टा सुतीको मोजा छानेर पनि यस्ता समस्याबाट राहत पाउन सकिन्छ ।

दाग नबनोस्

जहिले पनि मोजा खोल्दा खुट्टामा दाग छ कि छैन भनेर एकपटक अवश्य हेर्ने । खुट्टामा कुनै दाग छ भने त्यस्तो मोजा तुरुन्तै बदल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment