Comments Add Comment

सबैभन्दा धेरै नाफा कमाएका विश्वका १० स्मार्टफोन


दुनियाँमा सबैभन्दा धेरै मुनाफा कमाउने स्मार्टफोन कुन कुन हुन् ? सायद यो चासो धेरैको हुनसक्दछ । रिसर्च कम्पनी काउन्टरप्वाइन्टले सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकको आधारमा विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोनको सूची तयार पारेको छ । यी १० स्मार्टफोनले विश्वमा उक्त अवधिमा कुल बिक्री भएका स्मार्टफोनको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

यी हुन् उक्त तिन महिनामा विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोन:

१. एप्पल आइफोन एक्स: एप्पलको आइफोन एक्स विश्वमा सबैभन्दा धेरै कमाई गर्ने स्मार्टफोन हो । रिपोर्ट अनुसार यस अवधिमा आइफोन एक्सले स्मार्टफोन उद्योगमा स्मार्टफोन बिक्रिबाट हुने कूल फाइदाको ३५ प्रतिशत योगदान दिएको छ । आइफोन एक्सको योगदान यस अर्थमा पनि महत्वपूर्ण छ कि सन् २०१७ को चौथो त्रैमासिकको अन्तिम दुई महिनाबाट मात्र यो मोडल बजारमा उपलब्ध थियो । अर्थात् सार्वजनिक भएको दुई महिनामै यसले सबैभन्दा धेरै नाफा कमाउने स्मार्टफोनको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।

२. आइफोन एटः यो सूचिमा अर्को नाम हो आइफोन एट । स्मार्टफोन उद्योगमा स्मार्टफोनबाट हुने कूल मुनाफामा १९.१ प्रतिशत हिस्सा यसको रहेको छ । गत वर्ष आइफोन एक्स र एट प्लससँगै आइफोन एट सार्वजनिक भएको थियो ।

३. आइफोन एट प्लसः तेश्रो नम्बरमा आइफोन एट प्लस रहेको छ । स्मार्टफोन उद्योगमा भएको कूल मुनाफामा यसको हिस्सा १५.२ प्रतिशत रहेको छ ।

४. आइफोन सेभेनः चौथो नम्बर पनि एप्पलले नै कब्जा गर्ने क्रममा आइफोन सेभेन रहेको छ । सन् २०१६ मा लञ्च भएको आइफोन सेभेनले स्मार्टफोन उद्योगको कूल मुनाफाको ६.२ प्रतिशत हिस्सा ओगटेको छ ।

५. आइफोन सेभेन प्लसः ठूलो स्क्रिनवाला यो फोन सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकमा सबैभन्दा मुनाफा कमाउन सफल पाँचौ स्मार्टफोन बनेको छ । दुई वर्षभन्दा धेरै पूरानो भएपनि यो स्मार्टफोनले कूल मुनाफाको ५ प्रतिशत हिस्सेदार ओगटेको छ ।

६. सामसुंग ग्यालेक्सी नोट एटः स्मार्टफोन उद्योगको कूल मुनाफामा हिस्सेदारीको हिसाबले सामसुंगको ग्यालेक्सी नोट एट छेटौँ नम्बरमा रहेको छ । यसको हिस्सा ३.९ प्रतिशत रहेको छ ।

७. आइफोन सिक्सः विश्वको सातौँ सर्वाधिक मुनाफा कमाउने स्मार्टफोन एप्पलको आइफोन सिक्स रहेको छ । ४ वर्षअघि लञ्च भएको यो स्मार्टफोनले बजारमा अझै पनि प्रभाव जमाइरहेको देखिन्छ र चोथो त्रैमासिकमा यसले कूल मुनाफाको १.८ प्रतिशत हिस्सा ओगटेको छ ।

८.ग्यालेक्सी एस एट प्लसः कूल मुनाफामा १.७ प्रतिशत हिस्सेदारी सहित सामसुंगको ग्यालेक्सी एट प्लस धेरै नाफा कमाउने आठौँ स्मार्टफोनको रुपमा रहेको छ । यो गतवर्ष लञ्च भएको स्मार्टफोन हो ।

९. आइफोन सिक्स एसः सन् २०१५ मा लञ्च भएको आइफोन सिक्स एसले नबौँ स्थान कब्जा गर्न सफल भएको छ । सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांक अनुसार विश्वको स्मार्टफोन उद्योगको कूल मुनाफाको १.६ प्रतिशत हिस्सेदारी यसको छ ।

१०. आइफोन एस इः एप्पलको सानो स्क्रिनवाला आइफोन एस इ विश्वको सबैभन्दा धेरै मुनाफा कमाउने टपटेन स्मार्टफोनभित्र आफुलाई पार्न सफल भएको छ । यसको मुनाफा हिस्सा ०.९ प्रतिशत रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment