Comments Add Comment

नेपाल तेक्वान्दो संघले भन्यो-अरुका खेलाडी लैजाँदैनौं


९ वैशाख, काठमाडौं । नेपाल तेक्वान्दो संघले १८ औं एसियन्स गेम्समा आफ्ना खेलाडीहरुले मात्र भाग लिने बताएको छ ।

दुबै संघले छाडेका खेलाडीको प्रतियोगिता गराएर खेलाडी छान्ने प्रस्ताव स्वीकार्य नभएको संघले बताएको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गरेर योजनावद्ध रुपमा विवादमा तान्न खोजिएको बताएको छ । संघ विश्व तेक्वान्दो महासंघ लगायतका सबै निकायबाट मान्यता प्राप्त संस्था भएको भन्दै महासचिव दीपराज गुरुङले अरुले पनि खेलाडी छनोट र प्रशिक्षण गरेको भन्ने सुनिएको भन्दै आपत्ति जनाएका छन् ।

एसियन्स गेम्सका लागि नेपाल तेक्वान्दो संघसँगै राष्ट्रिय तेक्वान्दो संघले पनि खेलाडी छनोट गरेको छ । राष्ट्रिय तेक्वान्दो संघ खेलकुद परिषद्मा दर्ता संघ हो ।

राखेपले दुबै संघले छानेका खेलाडीको प्रतिस्पर्धा गराएर एसियन्स गेम्समा पठाउने बताएको छ ।

तर, नेपाल तेक्वान्दो संघले यो स्वीकार्य नहुने बताएको छ । महासचिव गुरुङले भने, ‘हामीले राखेप र मन्त्रालयले यो प्रस्ताव राखेको छैन । तर, खेलाडीहरुको मनोबल गिराउने कुनै पनि सम्झौता गर्दैनौं । हाम्रै खेलाडीले एसियन्स गेम्स खेल्छन् ।’

उनले अघि भने, ‘हाम्रो संघमा दर्ता भएका बाहेक अरुलाई बोकेर हिड् बाध्य छैनौं र सक्दैनौं ।’

नेपाल तेक्वान्दो संघले संघ छाडेर अर्को समूहमा गएका प्रशिक्षकहरुलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

तेक्वान्दो विवादः राखेपले निम्त्याएको गलफत्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment