Comments Add Comment

एन्फाको चुनाव वैशाख २२ गते

९ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव वैशाख २२ गते हुने भएको छ । निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो ।

यसअघि १४ चैतका लागि तोकिएको चुनाव उच्च अदालतको पाटनको आदेशका कारण रोकिएको थियो । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा अदालतले चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो ।

दुबै जिल्लाको विवाद मिलेपछि एशियन फुटबल महासंघले चुनाव मिति तोक्न एन्फालाई निर्देशन दिएको थियो ।

एन्फा अध्यक्षमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment