Comments Add Comment

अमेरिकामा निर्वस्त्र बन्दुकधारीले गरे आक्रमण, चारको मृत्यु

१० वैशाख, काठमाडौं । अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणबाट चार जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

निर्वस्त्र बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको र हतियारसहित फरार भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय मिडियाका अनुसार इलिनोइस प्रान्तका २९ वर्षीय ट्रेविस रिनकिङ्गले राइफलमार्फत गोली चलाएका थिए । उनी कार चढेर आएका थिए र गोली चलाएका थिए ।

उनले रेस्टुरेन्ट बाहिर दुई जनालाई गोली हानेर मारे । त्यसपछि रेस्टुरेन्ट भित्र प्रवेश गरेर गोली हाने । तीन जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार गोली हान्ने व्यक्ति नांगै थिए । उनले एक हरियो रंगको ज्याकेटमात्र लगाएका थिए त्यो पनि गोली हान्ने बेला घटनास्थलमै खसेको थियो ।

गत अप्रिलको शुरुमा एक महिलाले यूट्युबको हेडक्वाटरमा आक्रमण गरेकी थिइन् जसमा चार जना घाइते भएका थिए । गोली चलाएपछि ति महिलाले आफैलाई गोली हानेर आत्महत्या गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment