Comments Add Comment

रेग्मीको ‘कान्छी हे कान्छी’ सार्वजनिक (भिडियोसहित)

१० वैशाख, काठमाडौं । नेपालमा रेडियो पत्रकारिता गरेर अमेरिका पुगेका किसन रेग्मी ‘कान्छी हे कान्छी’ बाेलकाे गीत लिएर अाएका छन् ।

यही अप्रिल २० अर्थात् वैशाख ७ गते युएस मिडिया नेटवर्कमार्फत उनले गीत सार्वजनिक गरेका हुन ।

पहिलो गीतबाटै रेग्मीले चर्चासँगै अमेरिका क्यानडा र युरोपका दर्शकबाट प्रशंसा पनि पाएका छन् ।

गीतमा गायक रेग्मीलाई गायिका श्रुती योगीले साथ दिएकी छन् । टेक्सासमा बस्दै आएका गायक रेग्मीले यो गीत स्थानीय स्टुडियोमा रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका थिए ।

नेपाली सिने जगतमा लोकप्रिय बनेकी मोडल शिल्पा पोखरेललाई गीतको छायांकनमा लिइएकोले पनि उनको भिडियोलाई धेरै युवा पुस्ताले मनपराएका छन् । यस्तै पृथ्वीराज प्रसाईको संयोजनले पनि गीतमा अझ उत्कृष्टता थपेको छ ।
उद्धव सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको उक्त गीतका शब्द प्रल्हाद रिजालले लिपिवद्ध गरेका हुन् भने एसडी योगीले संगीत भरेका छन् ।
निर्देशक प्रकाश धितालले कलात्मक रुपले आधुनिक युवा युवतीहरुको परिवेशलाई भिडियोमा उतारेका छन् ।

उद्धव सिलवाल निर्माता रहेको उक्त गीतको भिडियोका मुख्य भागहरु उत्सव दाहालले ललितपुरको गोदावरी रिसोर्टमा गरेका थिए भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment