Comments Add Comment

विश्वकै पाको उमेरकी महिलाको मृत्यु


विश्वकै सबैभन्दा पाको उमेरकी महिलाको जापानमा मृत्यु भएको छ । १ सय १७ वर्षकी नाबी ताजिमाको किकाइ सहरस्थित स्थानीय अस्पतालमा शनिवार मृत्यु भएको हो ।

यो सहर जापानको दक्षिणी कागोसिमा पर्फेक्चरमा पर्दछ ।

उनी गत जनवरी महिनादेखि उक्त अस्पतालमा उपचाररत थिइन् ।

ताजिमाको जन्म सन् १९०० को अगष्ट ४ तारेखमा भएको थियो । उनी बीसौँ शताब्दीको पहिलो वर्ष जन्मिएका मध्ये एकमात्र जिवित मानिस थिइन् ।

अब उनको मृत्युपछि विश्वमा सबैभन्दा बढि उमेरका मानिसको उपाधि जापानकै चियो मियाकोले पाउनेछन् । मियाकोको जन्म ताजिमा भन्दा एक वर्षपछि अर्थान् सन् १९०१ को मे २ तारेखमा भएको थियो ।

शनिवार निधन भएकी ताजिमाबाट छोराछोरी, नाति नातिनी, पनाती पनातिनी तथा खनाती खनातिनी गरी १ सय ६० सन्तान छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment