Comments Add Comment

यूएईमा सम्पन्न कराँते प्रतियोगितामा नेपाली खेलाडीलाई ६ स्वर्णसहित १२ पदक

 यूएर्इ । यूएईमा सम्पन्न कराँते प्रतियोगितामा नेपाली खेलाडीहरुले ६ स्वर्णसहित १२ पदक हात पारेका छन् ।

यूएईको खेलकुद मन्त्रालयबाट मान्यता प्राप्त जेकेएस १४ च्याम्पियनसिपमा दुबर्इमा दर्ता भएको नेपाली टीम एभरेष्ट मार्सल आर्टका खेलाडीहरूले गत ७ वैशाखमा ६ स्वर्ण, ५ रजत र एक कास्य पदक हात पारेका हुन् ।

यूएईमा कानूनतस् दर्ता भएका ८० क्लबबाट प्रतिनिधित्व गरेका ५० देशका करिब ८ सय खेलाडीबीच उक्त प्रतियोगिता भएको हो ।

एभरेष्ट मार्सल आर्टका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबि शाहीकाअनुसार उक्त प्रतियोगितामा महिलातर्फ केञ्जल श्रेष्ठले १० वर्षमुनिको समूहमा काता र कुमुते गरी दुर्इ स्वर्ण हात पारेकी छन् ।

यसैगरी, आशना पाण्डेले १२ वर्षमुनिको समूहअन्तर्गत कुमुतेमा स्वर्ण र कातामा रजत गरी दुर्इ पदक जितेकी थिइन् ।

त्यसैगरी, पुरुषतर्फ विजय तामाङले जुनियरतर्फको ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् भने सरोज पाख्रिनले सिनियरतर्फको ५५ केजी समूहमा स्वर्ण पदक हात पारे ।

यस्तै, लक्षमण थापाले ब्ल्याक बेल्ट क्याटागोरीतर्फ ५५ केजी तौल समूहमा स्वर्ण पदक र कातामा पनि रजत पदक जित्न सफल भएका थिए ।

जुनियर कुमुतेअन्तर्गत ५५ केजी तौल समूहमा विनोद रार्इ, ६५ केजी तौल समूहमा राम तामाङ र ६० केजी तौल समूहमा दिनेश सिंह यैयारले रजत पदक हात पारेका छन् । योसँगै यैयारले कातातर्फ पनि रजत पदक जित्न सफल भएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा एभरेष्ट मार्सल आर्ट क्लबबाट नेपाली नृत्य कलाकार सुनिता खनालले रोमाञ्चक नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलार्इ भरपूर मनोरञ्जन दिलाएकी थिइन् ।

एभरेष्ट क्लबको तर्फबाट निर्णायक मण्डलमा डाइरेक्टर रबि शाही, विशाल पुन र प्रेम श्रेष्ठ रहेका थिए ।

कोचमा पर्शुराम घिमिरे र अफिसियलमा भानुभक्त पौडेल, मदन अधिकरी, कमल पोख्रेल र टीम मेनेजर पबित्र भण्डारी रहेका थिए ।

पुरस्कृत खेलाडीहरूलार्इ पुरस्कार वितरणको लागि एनआरएनका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाजका अध्यक्ष सीपी सापकोटा, एनआरएनए आर्इसीसी सदस्य मनोज गोर्खाली र जनसम्पर्क समिति यूएईका अध्यक्ष खेमराज बस्नेत, प्रदेश ३ का उपाध्यक्ष समिम खान, ब्यापारी सञ्जय खरेलका साथमा अरू विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगिताको प्रमुख अतिथिका रूपमा कराते फेडरेसन यूएईका जनरल सेक्रेटरी तथा करातेका पूर्व खेलाडी अहमद समिदी मोहमद अल जोरोनी उपस्थित थिए भने जेकेएसका अध्यक्ष क्याप्टेन अब्दुला बिन बयानिसको सभापतित्वमा उक्त प्रतियोगिता सम्पन्न भएको एभरेष्ट क्लबका डाइरेक्टर रबि शाहीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment