Comments Add Comment

गुल्मीका आशा र रेडक्रसलाई प्रवासी नेपालीको आर्थिक सहयोग


१० वैशाख, गुल्मी । गुल्मीका २ संस्थालाई प्रवासी नेपालीले ७ लाख बढी आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमका बीच शान्तिपुर गुल्मीमा रहेर अपांगताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्र र शान्तिपुरमा रहेको नेपाल रेडक्रस सोसाइटी, उपशाखालाई गुल्मी जिल्ला यूके समाजले सहयोग गरेको हो ।

समाजले रेडक्रस सोसाइटी उपशाखालाई रु ४ लाख र आशा अपाङ्ग केन्द्रलाई रु १ लाख सहयोग गरेको जनाएको छ ।

सहयोग रकम गुल्मी जिल्ला यूके समाजका संस्थापक एवं सल्लाहकार बालजंग अर्याल, सदस्य शोभा खरेल, शान्तिपुर गाउँपालिका प्रमुख दोर्ण खत्रीले रेडक्रस उपशाखा सभापति गणेशबहादुर थापा र आशा अपाङ्ग केन्द्र उपाध्यक्ष गंगा रायमाझीलाई संयुक्तरुपमा हस्ताक्षर गरे ।

सोही कार्यक्रममै समाजका संस्थापक एवं सल्लाहकार बालजंग अर्यालले आफनो व्यक्तिगततर्फबाट रेडक्रस उपशाखा शान्तिपुरलाई २५ हजार र आशा अपाङ्ग केन्द्रलाई २० हजार सहयोग गरे ।

सहयोग रकम हस्तातरण गर्दै चन्द्रकोट गाउँपालिका प्रमुख द्रोर्ण खत्रीले धन र मन हुने कमै हुन्छन् जसले सामाजिक काममा उठाएको हातलाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिए । उनले प्रवासमा बसेर पनि जन्मभूमिप्रतिको दायित्वलाई महसुस गरेको सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताए ।

विदेशमा रहेर सामाजिक क्षेत्रमा विभिन्न खाले पीडाहरुमा परेका व्यक्तिहरुको सहयोगार्थ भएको सहयोगले ठूलो मद्दत पुर्याएको बताए ।

सहयोग रकम बुझ्दै आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले निरन्तरको सहयोगप्रति आभार प्रकट गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment