Comments Add Comment

चलचित्र पत्रकार संघको कार्यशाला गोष्ठीमा आचारसंहिताको कुरा


चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको एक दिने कार्यशाला गोष्ठीमा चलचित्र पत्रकारहरुले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालानामा जोड दिएका छन् । काठमाण्डौमा आयोजना ग।रिएको कार्यक्रममा कला क्षेत्रमा पत्रकारिता गर्दै आएका १ सय १० जना संचारकर्मी सहभागी थिए ।

अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगानाले सहभागीहरुलाई अनलाइन पत्रकारिता र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए भने फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिताको विकास र वर्तमान अवस्था, प्रेस कानुन र विद्युतीय कारोबार ऐन, बढ्दो युट्युबकारिता, त्यसको प्रभाव र चुनौती, फोटो खिच्ने कला र कपिराइट कानुन लगायतका विषयमा छलफल भएको थियो ।

‘पेशाको मर्यादा राखे मात्र पेशामा संलग्नको पनि मर्यादा रहने हो,’ ढुंगानाले भने-‘अनधिकृतरुपमा समाचार, तस्बिर, भिजुअल कपी गरेर प्रकाशन-प्रशारण गर्ने र विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने शैलीबाट सञ्चारकर्मी जोगिनुपर्छ ।’

कार्यक्रमका अर्का प्रशिक्षक विकास कार्कीले फोटो र दृश्य खिच्दा अपनाउनुपर्ने सावधानी नअपनाउँदा पत्रकारिताकै खिल्ली उड्ने गरेको भन्दै कुन अवस्थामा कसरी तस्बिर र दृश्य खिच्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment