Comments Add Comment

आफूविरुद्धको मुद्दा खारेज गर्न सलमानको निवेदन, आज सुनावाई


सलमान खानले वाल्मीकी समाजद्वारा आफूविरुद्ध दर्ता गराइएको मुद्दा रद्द गर्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएका छन् । उनको निवेदनमाथि आज सुनावाई हुन सक्नेछ । सलमानले सर्वोच्च अदालतमा निवेदन दिएर आफूविरुद्ध राजस्थानको चुरु शहरमा दर्ता भएको एफआईआर रद्द गर्ने माग गरेका हुन् ।

उनको तर्फबाट दर्ता भएको निवेदनमा सबै राज्यका प्रहरीलाई यस मामलामा कुनै उजुरी, एफआईआर दर्ता नगर्न निर्देशन पठाउन पनि माग गरिएको छ । यति मात्र होइन, महाराष्ट्र, गुजरात र दिल्लीमा दायर भएका एफआईआर वा उजुरीमाथि रोक लगाउन समेत माग गरिएको छ ।खासमा वाल्मीकी समाजले सलमान खानको एउटा टिप्पणीमा आपत्ति जनाएर उनीविरुद्ध फरक-फरक राज्यहरुमा एफआईआर दर्ता गराएको छ ।

सलमानले आफ्नो फिल्म ‘टाइगर जिन्दा है’ को प्रमोसनका दौरान आफ्नो डान्स स्टाइललाई कथितरुपमा जातिसूचक संज्ञा दिएका थिए । कैयौं शहरहरुमा अभिनेताविरुद्ध प्रदर्शन पनि भएको थियो । उनको फिल्म ‘टाइगर जिन्दा हे’को पनि जमेर विरोध भएको थियो ।

वाल्मीकी समाजले सलमानले गलत शब्द प्रयोग गर्दा समाजको भावनामा ठेस पुगेको जनाएको छ । यसबाट क्रोधित बनेको वाल्मीकी समाजले मुद्दा दर्ता गराएर कडा कारवाहीको माग गरेको छ ।सलमानका वकिलका अनुसार सोमबार बिहान यस मुद्दालाई मुख्य न्यायाधिस जस्टिस दीपक मिश्राको इजलासमा प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment