Comments Add Comment

ग्लोबलको नाफा घट्यो, सनराइजको १० प्रतिशतले वृद्धि, नेपाल बैंकमा झिनो वृद्धि


१० वैशाख, काठमाडौं । सोमवार तीन वाणिज्य बैंकको चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ ।

सनराइज बैंक

बैंकको तेस्रो चौमाशमा नाफा ९.८१ प्रतिशतले वृद्धि भएर ९४ करोड रुपैयाँ पुगेको छ । बैंकले राइट ब्याक उच्चले गरेपछि नाफा बढेको हो । बैंकले ४१ करोड ५४ लाख रुपैयाँ फिर्ता ल्याएको छ ।

बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपनि सञ्चालन नाफा घटेको छ । बैंकको खुद व्याज आम्दानी करिब १८ प्रतिशत र अन्य आम्दानी करिब १९ प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी एक अर्ब ९२ करोड रुपैयाँ र अन्य आम्दानी ५९ करोड छ । सञ्चालन आम्दानी एक प्रतिशतले घटेर एक अर्ब १८ करोड रुपैयाँ छ ।

बैंकको कर्जा र निक्षेप दुवैमा क्रमशः १४ र १२ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ पनि बढाएर ४१ करोड ५७ लाख छुट्याएको छ । खराब कर्जा भने घटेको छ । बैंकको खराब कर्जा १.४५ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी १५.४१ पैसा, मूल्य आम्दानी अनुपात १५.८४, सेयरमा प्रतिफल ११.८४ र प्रतिसेयर नेटवर्थ एक सय ३० रुपैयाँ छ ।

नेपाल बैंक

बैंकको तेस्रो चौमाशमा नाफा २ प्रतिशतले वृद्धि भएर दुई अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानी सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी करिब १२ प्रतिशत बढेको छ । अन्य आम्दानी करिब ६५ प्रतिशतको दरमा घटेको छ । खुद ब्याज आम्दानी चार अर्ब ५९ करोड रुपैयाँ र अन्य आम्दानी एक अर्ब छ ।
बैंकको कर्जा र निक्षेप क्रमशः करिब ७ प्रतिशत र ८ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७९ अर्बरुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ २५ प्रतिशतले घटाएको छ भने खराब कर्जा केही बढेको छ । बैंकको खराब कर्जा २.९१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ४२ पैसा, मूल्य आम्दानी अनुपात ७.५४, सेयरमा प्रतिफल २६.८८ र प्रतिसेयर नेटवर्थ एक सय ७४ रुपैयाँ छ ।

ग्लोबल आइएमइ बैंक

बैंकको तेस्रो त्रैमाशमा नाफा २ प्रतिशतले घटेर एक अर्ब ४४ करोड रुपैयाँमा सिमित भएको छ ।

बैंक खुद व्याज आम्दानी घटेपछि र अन्य आम्दानीमा झिनो मात्र सुधारभएपछि नाफा बढ्न नसकेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य ३५ करोड रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद व्याज आम्दानी करिब १.५५ प्रतिशतले घटेको छ र अन्य आम्दानी करिब ११ प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी दुई अर्ब ६१ करोड रुपैयाँ र अन्य आम्दानी ९३ करोड छ ।

बैंकको कर्जा र निक्षेपमा क्रमशः २१ प्रतिशत र १९ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले एक खर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ केही घटाएपनि खराब कर्जा पनि घटेको छ । बैंकको खराब कर्जा १.२९ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी २१.६७ पैसा, मूल्य आम्दानी अनुपात १४.३५ , सेयरमा प्रतिफल १५.११ र प्रतिसेयर नेटवर्थ एक सय ४३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment