Comments Add Comment

सेक्टर वन कार्यालयको स्टोर कोठामा आगलागी, ५ लाखको क्षति

१० वैशाख, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा रहेको सेक्टर वन कार्यालय बसन्तपुरको पुरानो काठको घरमा आगलागी भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको कार्यालय परिसरमा रहेको स्टोर कोठामा आइतबार राति आगलागी भएको हो ।

आगलागीबाट स्टोरमा रहेको अन्न, लत्ताकपडा, साइकल २२ थान, प्लास्टिकको कुर्सी १६ थान, चिरान काठ ११ थान, खाट ६ थान र भाडाकुँडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

पोखरिया नगरपालिकाबाट गएको वारुणयन्त्रको मद्दतमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टापछि आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक बिमल कुमार शाहीले जानकारी दिए । ‘व्यारेक र मेस सञ्चालन रहेको काठको घरमा आगलागी भएको रहेछ । आगलागीको कारण खुल्न सकेको छैन,’ उनले भने, ‘५ लाख ६० हजार मूल्य बराबरको क्षति भएको अनुमान गरेका छौं ।’

चारैतिरबाट आगो लागेकोले कसैले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने अनुमान गरिएको सेक्टर वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत गनिलाल साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment