Comments Add Comment

भारतीय दूतावासको सम्पर्क कार्यालयमा बम पड्काएको अभियोगमा विप्लवका जिल्ला सेक्रेटरी पक्राउ


१० वैशाख, विराटनगर । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयमा बम विष्फोटनमा संलग्न दु्ई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मोरङ बेलबारी नगरपालिका ४ का ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङ थुकी ७ का ३४ वर्षीय भीम लिम्बूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ गरिएकामध्ये उदय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

प्रहरी उपरीक्षक अरुण विसीले उनीहरुलाई आइतबार साँझ विराटनगर महानगरपालिका १ बाट नियन्त्रणमा लिएको जानकारी दिए ।

बम विस्फोटका घटनामा अन्य केही फरार भएकाले उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

३ वैशाखमा विराटनगर महानगरपालिका १३ मा रहेको भारतीय राजदूतावास सम्पर्क कार्यालयको पश्चिम तर्फ रहेको खुल्ला चौरमा बम बिष्फोट भएको थियो ।

साँझको समयमा दूतावासको सम्पर्क कार्यालयमा गराइएको बम विष्फोटनबाट कार्यालयको पर्खाल तथा स्थानीय देवकान्त झाको घरको झ्यालको सीसा समेत फुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment