Comments Add Comment

माधव नेपालसँग चिनियाँ राजदूतको भेट, बिआरआई र बाम एकताबारे छलफल

नेपालले भने-केरुङदेखि काठमाडौंसम्म रेलमार्ग नेपालको उच्च प्राथमिकता


१० वैशाख, काठमाडौं । नेपालका लागि चिनिया राजदूत यु होङले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा नेपालको प्राथमकिता र एमाले माओवादी पार्टी एकीकरण प्रक्रियाबारे चासो व्यक्त गरेकी छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले विदेश विभाग प्रमुख माधवकृुमार नेपालसँग सोमबार भएको भेटमा राजदूत होङले बिआरआई र बाम एकताबारे छलफल गरेकी हुन् ।

नेपाल निवास कोटेश्वरमा भएको भेटमा राजदूत होङले नेपालमा कम्युनिस्ट पार्टीको स्थिर सरकार बनेकाले अब नीतिहरुमा फेरबदल नहुने अपेक्षा गर्दै नेपालको विकासमा चीनको सहयोग बढ्न सक्ने बताइन् ।

बिआरआईमा नीतिगत, संरचनागत र प्रतिबद्धताको तहमा चीनले नेपालको प्राथमिकता बुझ्न चाहेको भेटमा सहभागी एमाले प्रचार बिभाग सचिव विष्णु रिजालले बताए ।

जवाफमा एमाले नेता नेपालले बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको र हालै दुवै देशका परराष्ट्रमन्त्रीहरुको बैठकमा राम्रो कुरा भएको जानकारी आफूले पाएको बताएका थिए । नेता नेपालले नेपाल बिआरआईबाट सबै रुपमा लाभान्वित हुन चाहेको बताए ।

नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यस सबन्धी ठोस सम्झौता हुने विश्वास समेत नेता नेपालले व्यक्त गरेका थिए । रिजालका अनुसार नेता नेपालले बिआरआईबाट नेपालले लिने सबैभन्दा ठूलो फाइदा ‘रोड कनेक्टिभिटीनै हो’ भन्दै केरुङदेखि काठमाडौंसम्म रेलमार्ग निर्माणमा चीनको सहयोग आवश्यक रहेको बताए ।

भेटमा एमाले र माओवादीबीचको एकीकरण प्रक्रियाका बारेमा पनि छलफल भएको थियो । चिनिया राजदूतले दुई कम्युनिस्ट पार्टी चाँडै एकीकरण हुने विश्वास व्यक्त गरेकी थिइन् । एमाले नेता नेपालले पार्टी एकीकरण कार्यकर्ता र पार्टी तहभन्दा पनि आम जनताको चासोको विषय रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment