Comments Add Comment

एमाले प्रवेश गर्दै पूर्वमन्त्री भण्डारीले भनिन्-बाबुरामलाई पनि ल्याउन पहल गरौं

१० वैशाख,काठमाडौं । पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् ।

भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत १७५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले प्रवेश गराएका थिए ।

पूर्वमन्त्री भण्डारीले राजनीतिक परिवर्तनको लागि आफूले माओवादी जनयुद्धमा लागेर योगदान गरे पनि अब आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक देखेर एमाले प्रवेश गरेको बताइन् । उनले २२ वर्षअघि आफू एमालेबाट माओवादीतर्फ लागेको भन्दै पुनः घर फर्किएको घोषणा गरिन् ।

उनले नयाँ शक्ति पार्टी सानो र प्रभावहीन भए पनि त्यसको नेतृत्व गरिरहेका बाबुराम भट्टराई प्रभावशाली नेता भएकाले उनलाई पनि एमालेमा ल्याउन पहल गर्न ओलीलाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment