Comments Add Comment

आधारभुत पक्ष परिवर्तन नहुँदा प्राविधिकमा भर पर्न थाले लगानीकर्ता

तीव्र उतरचढाव सहित २७ अंक घट्यो नेप्से


१० वैशाख, काठमाडौं । आधारभुत पक्ष परिर्वतन नहुँदा बजारका विश्लेषक तथा लगानीकर्ताहरु प्राविधिक विश्लेषणमा बढि निर्भर हुन थालेका छन् ।

‘आधारभुत पक्ष खासै फेरिएको छैन । तर केही दिन अघि उल्टो हेड एण्ड सोल्जर आकृति बने पछि बजार केही बढ्ने अनुमान थियो त्यही अनुसार भएको हो,’ एक विश्लेषकले भने ।

धेरैजसो लगानीकर्ता अहिले इलिएट वेभको विश्लेषणले बजार हेरिरहेका छन । यस विश्लेषणले सुचक पाँच खण्ड गर्दै बढ्ने र तीन खण्ड गरेर झर्ने गर्छ । यसैको आधारमा बजार १५ सयसम्म बढ्ने प्रक्षेपण व्याप्त भइरहेको छ ।

यो चक्रको साधारण उतारचढावको आकंलनकै कारण सोमवार बजारमा तीव्र उतारचढाव समेत देखिएको छ ।

अझै २ अर्ब नयाँ पुँजीको अपेक्षामा विश्लेषक

बजार निकै घट्दासम्म लगानी गर्ने उपयुत्तः अवसर कुरेर बस्ने लगानीकर्ताहरु बजारमा प्रवेश गर्ने अपेक्षामा विश्लेषकहरु देखिदै आएका थिए ।
‘केही महिना अघिदेखि बजारको कारोबार ४०/५० करोड रुपैयाँमा सीमित थियो । हामीहरुले दैनिक कारोबार गर्ने बाहेकको लगानी हिसाब गर्दा हिजोसम्म पनि लगभग बजारमा २ अर्ब नयाँ लगानी आउछ भन्ने अनुमान छ,’ ती विश्लेषकले भने ।

वित्तीय विवरणले दिएन टेवा

वाणिज्य बैंकहरुको नाफा अर्ब कटेको वित्तयि विवरण सार्वजनिक भइरहेपनि यसले अल्पकालिन लाभ खोज्नेलाई टेवा नदिएको विश्लेषकहरु बताउछन् ।

‘अहिले बैंकहरुको अधिकांशको प्रतिसेयर आम्दानी १५/१६ को हाराहारीमा रहेको छ । यसो हुँदा बैंकहरुले १२/१३ प्रतिशतसम्म प्रतिफल दिने अनुमान गर्न सकिन्छ,’ अर्का विश्लेषकले भने । अहिले बजारमा जहिले पनि तोड्न सकिने निक्षेपमा समेत १३ प्रतिशत व्याज पाइरहेकोले बजार धेरै आकर्षक भने नरहेको उनको भनाई छ ।

चुहिएको नाफाको तथ्यांक मिल्दै

बजारमा वित्तीय विवरण प्रकाशित हुनु अगावै नाफा सम्बन्धी सुचना चुहिन थालेको थियो । हालसम्म पाँच वाणिज्य बैंकको नाफा बजारमा चुहिएको सुचना अनुसार नै मेल खाएको छ ।

सोमवार ग्लोबल आइएमइ र नेपाल बैंकको पनि वित्तीय विवरण प्रकाशित भए । दुवैको नाफा बजारमा चुहिएको सुचना अनुसार नै मिलेको छ ।
समग्रमा सोमवार भने  नेप्से परिसूचक भने २७ अंकले घटेर १४१० विन्दुमा आइपुगेको छ । कारोबार रकम बढेर एक अर्ब ३० करोड पुगेको छ ।
बजारमा आएका सबै समूहका परिसूचक घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment