Comments Add Comment

मन्त्री विना मगर बनिन् तीन बालबालिकाको अभिभावक

१० वैशाख, कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् ।

विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत मन्त्री मगरले कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गरेकी हुन् ।

मन्त्री मगरले बेलौरी नगरपालिका-१० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराएकी छिन् ।

शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशात्मक भएको बताइन् । ‘भर्ना अभियानले गाउँगाउँ र वडावडामा जागरण पैदा गरेको छ,’ उनले भनिन्, ‘सरकारको भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्छ ।’

गरीब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन सरकारले अभियान थालेको उनले बताइन् । ‘समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य हुन्छ,’ उनले थपिन्, ‘शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment