Comments Add Comment

झण्डै डेढ करोडमा बिक्यो टाइटानिकको पहिलो मेन्यू


सन् १९१२ मा आन्ध्र महासागरमा दुर्घटना भई सयौँ मानिसको ज्यान लिएको टाइटानिक जहाज जब अप्रिल २ मा पहिलो पटक परीक्षण यात्रामा निस्किएको थियो, त्यतिबेला जहाजमा यात्रुहरुका लागि उपलब्ध खानेकुराको मेन्यु कस्तो थियो होला ?

टाइटानिक जहाजमा पहिलोपटक यात्रुहरुलाई सर्भ गरिएको खानेकुराको मेन्यु हालै लिलामी भएको छ । पहिलो भोजनको उक्त मेन्यूको कागज झण्डै डेढ करोड रुपैयाँमा लिलामी भएको हो ।

उक्त मेन्यू चालक दलका एक सदसयसँग थियो जसले पहिलो यात्राअघि आफ्नी पत्नीलाई दिएका थिए । सन् १९१२ को अप्रिल २ मा जहाजको ट्रायलको पहिलो दिन यात्रुहरुलाई पस्किने भोजनको सूचि त्यसमा राखिएको थियो । मेन्यू सूचिमा २ अप्रिल १९१२ को मिति रहेको छ । जसमा फ्राइड चिकेन, फ्राइज्ड हेम लगायतका परिकार समावेश गरिएको छ ।

यसअघि सन् २०१५ को सेप्टेम्बर ३० मा टाइटानिक जहाजमा सर्भ गरिएको अन्तिम लञ्च मेन्यूलाई लायन हार्ट अटोग्राफ्स नामक संस्थाले लिलामी गरेको थियो । उक्त लिलामीमा ५० देखि ७० हजार डलरसम्म बोली लाग्ने अनुमान उसको थियो ।

फस्र्ट क्लास यात्रुका लागि तयार उक्त मेन्यूमा चिकेन आला मेरिल्याण्ड तथा आइस्ड ड्रट म्युनिख लेगर बियर लगायतका चिज राखिएको थियो । जहाज डुब्नु एकदिन अघि अर्थात् १४ अप्रिल १९१२ को मितिको मेन्यू थियो त्यो । त्यसमा इसाक जेराल्ड फ्राउन्थाल नामका यात्रुको दस्तखत पनि थियो ।

स्मरण रहोस् बेलायतको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कका लागि हिँडेको टाइटानिक पानी जहाज १५ अप्रिल १९१२ मा आन्ध्र महासागरमा दुर्घटना हुँदा १५ सय भन्दा धेरैले ज्यान गुमाएका थिए । जहाज डुबेको ७० वर्षपछि सन् १९८५ को सेप्टेम्बर ३० मा उक्त जहाजको भग्नावशेष समुद्रको पिँधमा फेला परेको थियो ।

उक्त अन्तिम दिनका दुई वा तिनवटा लञ्च मेन्यू अहिलेपनि अस्तित्वमा रहेको बताइन्छ । त्यसमध्ये एउटा मेन्यू सन् २०१२ मा एक लाख बिस हजार डलरमा बिकेको थियो ।

उक्त मेन्यू अब्राहम लिंकन सेलमोन नामक व्यक्तिसँग थियो । उनी उक्त टाइटानिक जहाजमा यात्रा गरिरहेका थिए र लाइफबोटको सहायताले बाहिर आउन सफल भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment